Sat. Jul 27th, 2024

प्रधानमन्त्रीको डाइलासिस सम्पन्न, आजै डिस्चार्ज हुने

काठमाडौं, २०७६ कार्तिक १४ गते बिहीबार ।

काठमाडौंको ग्रयाण्डी अस्पतालमा उपचार गराइ रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली विहीबार साँझसम्ममा डिस्चार्ज हुनु हुने भएको छ । गोरखापत्र अनलाईनका अनुसार प्रधानमन्त्री ओालीलाई भेट्न नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज दिउँसो अस्पताल पुग्नु भएको थियो । भेट पछि पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको डाइलासिस प्रक्रिया पूरा भएको र उहाँ केही बेर आराम गरी आजै डिस्चार्ज हुने बताउनुभयो ।

उहाँले चिकित्सकले प्रधानमन्त्रीको अबस्था सामान्य रहेको बताएको उल्लेख गर्दै अब मृर्गौलाको प्रत्यरोपण गर्ने वा के गर्ने भन्ने विषयमा चिकित्सकसँग सल्लाह गरेर निश्कर्षमा पुग्ने बताउनुभयो ।

Facebook Comments