Thu. May 2nd, 2024

प्रधानमन्त्री ओली अस्पतालबाट ‘डिस्चार्ज’

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यलाभ गरी अस्पतालबाट प्रधानमन्त्री निवास बालुवाटार फर्कनुभएको छ ।

प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षण तथा उपचारका लागि बुधबार धापासीस्थित ग्राण्डी इन्टरनेशनल अस्पताल भर्ना हुनुभएको थियो । यस क्रममा उहाँको हेमोडायलासिस गरिएको थियो ।

अस्पतालबाट बाहिरिने क्रममा प्रधानमन्त्री ओलीले ‘आई एम फिट’ भन्ने प्रतिक्रिया दिनुभएको थियो । नियमित स्वास्थ्य परिक्षणको लागि मात्र भनि अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्री ओलीलाई बुधबार दिउँसो नै आकस्मिक रुपमा डायलासिस गरिएको थियो । साथै बिहीबार दिउँसोे दोस्रो पटक डायलासिस गरिएको थियो । प्रधानमन्त्री ओलीलाई डायलासिस गरिएको खुलासा भने नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नुभएको थियो ।

Facebook Comments