Fri. May 10th, 2024

भारत सरकारद्वारा ८० करोड गरीबलाई तीन महिनासम्म नि:शुल्क अन्न उपलब्ध गराउने घोषणा

काठमाडौं, २०७६ चैत १३ गते बिहीबार

कोरोना भाइरसको कारण २१ दिने लकडाउनबाट प्रभावित हुन सक्ने झण्डै ८० करोड गरीवहरुलाई लक्षित गर्दै भारतका वित्त मन्त्री निर्मला सीतारमणले बिहीबार विशेष आर्थिक प्याकेजको घोषणा गर्नुभएको हो ।

विविसी का अनुसार यस घोषणा अनुसार ८० करोड गरीबलाई आउने तीन महिनासम्म चामल अथवा गहुँको पिठो र एक किलो दाल उपलब्ध गराईने छ ।

यसका अतिरिक्त गरीब महिलाहरुलाई ग्यास सिलिण्डर पनि उपलब्ध गराईने छ । १.७० लाख करोड भारतीय रुपैया बराबरको यस आर्थिक प्याकेज मार्फत वित्त मन्त्री सीतारमणले गरीबहरुलाई खाने कुराको व्यवस्था गर्ने जानकारी दिनुभएको हो ।

Facebook Comments