Sat. Apr 20th, 2024

बिल गेट्सद्वारा माइक्रोसफ्टबाट राजीनामा

काठमाडौं, २०७६ चैत १ गते शनिबार

माइक्रोसफ्ट कम्पनीका सह संस्थापक बिलगेट्सले कार्यकारी महानिर्देशक पदबाट राजीनामा दिनुभएको छ ।

उहाँले सामाजिक सेवामा सक्रिय रहने भन्दै राजीनामा दिएको माइक्रोसफ्टले जनाएको छ । विविसीका अनुसार बिलगेट्सले भन्नु भएको छ माइक्रोसफ्ट कम्पनी आफ्ना लागि सँधै महत्वपूर्ण रहनेछ । विश्व स्वास्थ्य, शिक्षा तथा जलवायु परिवर्तन जस्ता मुद्दामा अझ बढी काम गर्ने आफ्नो विचार रहेको पनि ६५ वर्षीय बिलगेट्सले बताउनु भएको छ ।

विश्वको सबैभन्दा धनी व्यक्तिको रेकर्ड राखिसक्नु भएका बिलगेट्सले सन् २००० मा आफ्नी पत्नीसँग मिलेर बिल एंड मिलिंडा गेट्स फाउंडेशनको स्थापना गर्नुभएको थियो ।

अमेजनका संस्थापक जेफ बेजोस्पछि बिल गेट्सको १०३.६ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति रहेको छ । माइक्रोसफ्टको हालका प्रमुख कार्यकारी निर्देशक सत्या नडेलाले बिल गेट्ससँग काम गर्न पाउनु आफ्ना लागि गौरवको कुरा भएको बताउनुभएको छ ।

Facebook Comments