Fri. Apr 26th, 2024

राष्ट्रपति भण्डारीद्वारा दरवार हाईस्कुल लगायतका सम्पदा पुनर्निमाणको अवलोकन

काठमाडौं, २०७६ माघ २५ गते शनिवार
राष्ट्रपति विद्यादेवी भण्डारीले शनिवार दरवार हाईस्कुल लगायतका विभिन्न सम्पदाहरुको पुननिर्माण कार्यको स्थलगत अवलोकन गर्नुभएको वि.सं २०७२ सालको महाभूकम्पद्वारा क्षति पुगेका दरवार हाईस्कुल, रानीपोखरी, धरहरा, बालगोपालेश्वर मन्दिर, बसन्तपुर दरबार स्क्वायरको भण्डारीसहितको टोलीले अनुगमन तथा अवलोकन गरेको हो

राष्ट्रिय पूर्ननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले पुनर्निर्माणले गति लिएको वर्तमान समयमा राष्ट्रपतिको अनुगमन तथा अवलोकन भ्रमणले महत्व राख्ने बताउनु भयो

अवलोकन भ्रमणका क्रममा दरवार हाईस्कुल पुग्नु भएकी राष्ट्रपति भण्डारीलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेश प्रसाद दाहालले सो विद्यालयको इतिहास, नेपालको शैक्षिक क्षेत्रको विकासमा सो विद्यालयले पुर्याएको योगदान विसं.२०७२ सालको महाभूकम्प पछि दरवार हाईस्कुलकोे पुननिर्माणमा चीन सरकारले दिएको सहयोग, समर्थन भवन निर्माण कार्य सम्पन्न हुनै लाग्दा सम्मका विविध गतिविधीबारे विस्तृत जानकारी दिनुभएको थियो

नेपालका लागि चिनिया राजदूत हौ यान्छीले दरवार हाईस्कुल पुग्नु भएकी राष्ट्रपति भण्डारीलाई स्वागत गर्नुभएको थियो त्यसैगरी चिनिया राजदूत हौ राष्ट्रपति भण्डारीसँगै काष्ठमण्डप वसन्तपुर दरवार लगायतका सम्पदाहरुको अवलोकन भ्रमणमा सहभागी हुनुहुन्थ्यो


चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा ९० करोड रुपैयाँ लागतमा निर्माण गरिएको दरवार हाइस्कुलको निर्माण अन्तिम चरणमा पुगेको चिनियाँ कम्पनी साङ्घाई कन्स्ट्रक्सनले निर्माणको ठेक्का लिएको सो विद्यालयमा अत्याधुनिक सुविधा सम्पन्न कक्षा कोठा, विज्ञान प्रयोगशाला, शिक्षक तथा प्राधानाध्यापकको कोठा, शौचालय समेत गरी ४६ कोठा रहेका छन् । 

वि.सं १९१० सालमा राणाका छोराछोरी पढाउन तत्कालीन प्रधानमन्त्री श्री ३ जङ्गबहादुर राणाको पालामा सो विद्यालय स्थापना गरिएको थियो । विसं १९६४ मा संस्कृत पढ्नका लागि मात्र सर्वसाधारणका छोराछोरीलाई पनि खुला गरिएको सो विद्यालयमा विसं २०४८ देखि अन्य विषय पनि पढ्न पाउने व्यवस्था भएको थियो ।

विसं २०३० मा राष्ट्रिय शिक्षा पद्धति ऐन लागू भएपछि उक्त विद्यालय जिल्ला शिक्षा कार्यालयमार्फत सञ्चालन हुँदै आएको छ ।

सो विद्यालयको निमार्ण कार्य पूरा भए पछि निर्माण कम्पनीका पदाधिकारीले अनुगमन गरेर छिट्टै सरकारलाई हस्तान्तरण गरिने बताईएको

Facebook Comments