Tue. Feb 11th, 2025

अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष बाच र चाइना मिडिया ग्रुपका महानिर्देशकबीच भेटघाट

काठमाण्डू, २०८१ साउन ११ गते शुक्रबार । अन्तर्राष्ट्रिय ‌ओलम्पिक समितिका अध्यक्ष थोमस बाचले पेरिसमा चाइना मिडिया ग्रुपका महानिर्देशकको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलसँग भेटघाट गर्नुभएको छ।

स्थानीय समयअनुसार जुलाई २५ तारिख दिउँसो बाचले महानिर्देशक शन हाईस्युङको नेतृत्वमा रहेको चाइना मिडिया ग्रुपको प्रतिनिधि मण्डललाई पेरिस ओलम्पिक खेलकुदको उदघाटन समारोह र स्वागत भोजमा सहभागी हुन निमन्त्रणा दिनुभयो । उहाँले पेरिस ओलम्पिक खेलकुदको प्रसारणबारे चाइना मिडिया ग्रुपको तयारीप्रति कृतज्ञता ज्ञापन गर्नुभयो।

बाचले चिनियाँ जनताले अन्तर्राष्ट्रिय ओलम्पिक समिति र पेरिस ‌ओलम्पिक खेलकुदलाई ठूलो समर्थन दिएको बताउँदै चाइना मिडिया ग्रुपले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्नुभयो।

चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाईस्युङले पेरिस ओलम्पिक खेलकुदको रिले प्रसारणमा चाइना मिडिया ग्रुपको वैज्ञानिक तथा प्राविधिक क्षमतालाई अन्तर्राष्ट्रिय ओलम्पिक समिति र विभिन्न मुलुकका सञ्चार(माध्यमहरूले प्रशंसा गरेका बताउनुभयो। उहाँले चाइना मिडिया ग्रुपले अन्तर्राष्ट्रिय ‌ओलम्पिक समितिसँग सहयोग आदान प्रदान गर्ने र ओलम्पिक खेलकुदको प्रचार(प्रसारलाई संयुक्त रुपमा अगाडि बढाउने विचार व्यक्त गर्नुभयो। सीएमजी

Facebook Comments