Sun. Sep 8th, 2024

चीनमा आँधीले तीन लाख मानिस विस्थापित

काठमाण्डू, २०८१ साउन ११ गते शुक्रबार । चीनमाआएको गेमीआँधीका कारण करिब तीनलाखमानिस विस्थापितभएका छन् । विस्थापितलाई चिनियाँअधिकारीले आज सुरक्षित स्थानमा स्थानान्तरण गरेका छन् ।

हावाहुरीसँगै परेको वर्षाले पूर्वी चीनमाहिजो सार्वजनिकयातायात स्थगितभएकाथिएभने ताइवानमापाँचजनाको मृत्यु भएको छ । आठ वर्षमाचीनको थाइवानमाआएको सबैभन्दाशक्तिशालीआँधीका कारण बिहीबार थाईवानका केही सहरी भागहरूमा बाढी र डुबानको समस्याआएको छ । फिलिपिन्सको थाईवानतर्फ जाने बाटोमाआँधी र बर्षाका कारण ठाउँठाउँमा पहिरो गएको छ भने यसका कारण २० जनाको मृत्यु भएको छ । फिलिपिन्सको मनिलामाबिहीबार १४ लाख लिटर तेल बोकेको ट्याङ्कर समुद्रमा डुबेपछि ईन्धनको प्रदूषण फैलिनबाट रोक्ने पहलहरू गरिएको छ । उक्त ट्याङ्कर बिहीबार बिहानचीनको पूर्वी फुचियानप्रान्तमाजाने क्रममा दुर्घटना भएको सरकारी सञ्चार माध्यमले जनाएको छ ।

चिनियाँअधिकारीहरूले भारी वर्षा र गेमी नामदिइएको चक्रवातले विपत्तिनिम्त्याउन सक्ने चेतावनीबिहीबार नै दिएकाथिए । उनीहरूले फुचियानमा २ लाख ९० हजारभन्दा बढी मानिसहरूलाई स्थानान्तरण गरेको जनाउदै केही सहरमा सार्वजनिकयातायात, कार्यालय, विद्यालयलगायतबजार बन्दभएको जनाएका छन् ।

Facebook Comments