Fri. Oct 18th, 2024

ओलम्पिकको ३३ औँ संस्करणको औपचारिक उद्घाटन फ्रान्समा आज हुँदै

काठमाण्डू, २०८१ साउन ११ गते शुक्रबार । पेरिस ओलम्पिकको ३३ औँ संस्करणको औपचारिक उद्घाटन फ्रान्समा आज हुँदैछ । उद्घाटन नेपाली समयअनुसार राति ११ बजे पेरिसमा शुरु हुने छ ।

साउन २७ गतेसम्म ओलम्पिक सञ्चालन हुने छ । औपचारिक उद्घाटन अघि नै फुटबल, रग्बी सभेन्स, ह्यान्डबल र आर्चरी खेलको शुरुवात भइसकेको छ । उद्घाटन समारोहमा नेपालको झन्डा टेबलटेनिसका स्यान्टु श्रेष्ठ र जुडोकी मनिता श्रेष्ठ प्रधानले संयुक्त रूपमा बोक्नु हुनेछ । नेपाली टेबल टेनिसले पहिलो पटक ओलम्पिक खेल्न लागेको हो । नेपालबाट ६ खेलमा ७ खेलाडीले भाग लिएका छन् । स्यान्टु र मनिताबाहेक एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल, पौडीका एलेक्जेन्डर शाह र डुवाना लामातथा सुटिङकी सुस्मिता नेपालरहनु भएको छ ।

ओलम्पिकमा भोलि शुरु हुने टेबलटेनिस र ब्याडमिन्टनको खेलमा नेपाली खेलाडीको प्रतिस्पर्धा रहेको छ । खेल पेरिस एक्पो पोर्ट डे भर्सेल्समा भोलि राति सबा ११ बजे शुरु हुनेछ । पेरिस ओलम्पिकमा दुई सयभन्दा बढी देशका झण्डै साढे १० हजार खेलाडीले ३२ खेलमा प्रतिस्पर्धा गर्ने छन् ।

Facebook Comments