Tue. Jul 28th, 2026

बिग्रिएको राजनीतिक बाटो सच्याउने विकल्प राप्रपा हो : अध्यक्ष लिङ्देन   

फाईल फोटो

       

मध्यविन्दु, (नवलपरासी पूर्व), २०७९ कात्तिक २० गते आईतबार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले बिग्रिएको राजनीतिक बाटो सच्याउने एक मात्र विकल्प राप्रपा भएकाले एकपटक मत बदल्न आग्रह गर्नुभएको छ । राप्रपा नवलपुरले हिजो (शनिबार) डन्डामा आयोजना गरेको चुनावीसभामा उहाँले आगामी चुनावमा गलत पार्टी र गलत नेतालाई हराउन आग्रह गर्नुभयो । “देशमा नयाँ परिवर्तनका लागि मत परिवर्नत गर्नै पर्छ”, उहाँले भन्नुभयो ।

कांग्रेस-माओवादीले उम्मेदवारी दिएको सबै सिट जिते पनि बहुमत ल्याउन नसक्ने उहाँको जिकीर थियो । “कांग्रेस एक्लैले सय सिटमा पनि उम्मेदवारी दिएको छैन, माओवादी एक्लैले त ५० सिटमा पनि उम्मेदवारी दिएको छैन, एमाले र राप्रपा मात्र हो बहुमत सिटमा उम्मेदवारी दिने, जति सिटमा उठाएका छन्, कांग्रेस माओवादीहरुले त्यति सिटै जिते भने पनि बहुमत प्राप्त गर्न सक्दैनन्, अझ एक्लै सरकार बनाउन सक्दैनन् ।”  रासस

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read