Sat. Oct 19th, 2024

नेपाली सेनालाई भारतीय सेनाध्यक्ष पाण्डेद्वारा सैनिक सामग्री हस्तान्तरण

फोटो : नेपाली सेनाको वेभसाईट

भिओको समाचार/काठमाण्डौं, २०७९ भदौं २१ गते मंगलबार । नेपालको पाँच दिने भ्रमणमा रहनुभएका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले नेपाली सेनालाई चारवटा घोडासहित २२ करोड ३८ लाख रुपैयाँ बराबरको सैनिक तथा मेडिकल सामग्री हस्तान्तरण गर्नुभएको छ । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा नेपाल आउनु भएका पाण्डेले विगतमा भएको नेपाल भारत द्विपक्षीय परामर्श समूहको निर्णयानुसार नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा सोमबार आयोजित विशेष समारोहबीच उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो ।

फोटो : नेपाली सेनाको वेभसाईट

सो समारोहमा पाण्डेले प्रधानसेनापति प्रभुराम शर्मालाई ती सामग्री उल्लेख भएको फाइल हस्तान्तरण गर्नुभएको थियो । निश्चित प्रतिशत नेपाली सेनाको समेत लगानी रहेका हातहतियारका पाटपूर्जा, १० वटा विस्फोटक पदार्थ नष्ट गर्ने कार्यमा प्रयोग हुने सवारीसाधन ९माइन प्रोटेक्टेड भेइकल० तथा स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

भारतबाट सहयोगस्वरुप प्राप्त घोडा उन्नत प्रजननका साथै विभिन्न सैनिक प्रयोजनमा उपयोग हुने नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले जानकारी दिनुभयो । यसअघि सैनिक मुख्यालय जङ्गी अड्डामा सोमबारै प्रधानसेनापति प्रभुराम शर्मासँग पाण्डेले भेटवार्तासमेत गर्नुभयो । पाँच दिने भ्रमणका लागि आइतबार नेपाल आउनुभएका सेनाध्यक्ष पाण्डेको सम्मानमा सोमबार बिहान सेनाको एक टुकडीद्वारा सम्मान गारत अर्पण गरेको थियो । पाण्डेले सोमबार जङ्गी अडडा मूल भवन परिसरमा वृक्षरोपणसमेत गर्नु भएको थियो ।

भारतीय सेनाध्यक्ष मनोज पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार शितल निवासमा मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान गर्नुभएको थियो । नेपाल टेलिभिजनका अनुसार नेपाल र भारतबीच सन् १९५१ देखि एक–अर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने प्रचलन छ । वि.सं. २००७ मा भारतीय सेनाका फिल्ड मार्सल केएम करिअप्पालाई पहिलो पटक नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको सम्मान प्रदान गरिएको थियो । वि.सं. २०२६ मा तत्कालीन प्रधानसेनापति सुरेन्द्रबहादुर शाहले पहिलो पटक भारतीय सेनाको मानार्थ सेना प्रमुखको सम्मान प्राप्त गर्नुभएको थियो ।

अघिल्लो वर्ष प्रधानसेनापति शर्माले भारतीय सेनाको मानार्थ महारथी पाउनुभएको थियो भने सन् २०२० मा भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवाणेलाई नेपाली सेनाको मानार्थ महारथी प्रदान गरिएको हो । हालसम्म भारतका २१ र नेपाली सेनाका १७ सेनापतिले उक्त सम्मान प्राप्त गरिसक्नुभएको छ ।

पाँच दिने भ्रमणका क्रममा पाण्डेले मङ्गलबार बिहान माउन्टेन फ्लाइट गर्नुका साथै शिवपुरीस्थित नेपाली सेनाको कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गर्ने कार्यक्रम छ ।

यस्तै अपरान्ह ३ बजे प्रधानमन्त्री देउवासँग उहाँले शिष्टाचार भेट गर्दै हुनुहुन्छ । भारतीय सेनाध्यक्ष पाण्डेले बुधबार मुक्तिनाथको दर्शन गर्ने तथा पोखरास्थित मध्य कमाण्ड हेटक्वाटरको निरीक्षण भ्रमण गर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उहाँले सोही दिन वसन्तपुरस्थित दरबार स्क्वायरको समेत भ्रमण गर्नुहुने छ । बिहीबार भने नेपालस्थित भारतीय राजदूतावासको भ्रमण गरी उहाँ स्वदेश फर्कनुहुने जनाइएको छ ।।

Facebook Comments