Sat. Oct 19th, 2024

कर्मचारीहरुको नियुक्ति, सरुवा, बढुवा लगायतका कुनै पनि काम गर्न नपाउने निर्वाचन आयोग

भिओको समाचार/काठमाण्डौं, २०७९ भदौं २१ गते मंगलबार । कर्मचारी सरुवा, बढुवाबारे निर्वाचन आयोगले सरकारलाई निर्देशन दिँदै हिँजो (सोमबार) देखि कर्मचारीहरुको नियुक्ति, सरुवा, बढुवा लगायत कुनै पनि काम गर्न नपाउने बताएको छ ।

निर्वाचन आयोगले गत भदौं २ गते दिएको निर्देशन अनुसार सरकारले आजबाट कुनै पनि कर्मचारीको सरुवा, बढुवा, नियुक्ति लगायतका कुनै पनि काम गर्न नपाउने भएको हो । प्रदेशसभा र प्रतिनिधिसभाको आगामी निर्वाचन प्रयोजनका लागि सो काम नगर्न भदौं २ गतेनै आयोगले निर्देशन दिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताउनु भयो । उहाँले कुनै पनि ठाउँमा स्विकृत दरबन्दी रिक्त रहेमा त्यसलाई पूर्ति गर्न सरकारले १८ दिनको समय दिएको पनि स्पष्ट पार्नु भयो ।

निर्वाचन आयोगले यस अघि नै निर्वाचन प्रयोजनका लागि कर्मचारी व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सबै जिल्लाहरुमा कर्मचारी व्यवस्थापन कमिटी बनाएको छ । कर्मचारीहरुलाई निर्वाचन प्रयोजनका लागि परिचालन गर्न सबै जिल्लाहरुमा सो कमिटीको पनि व्यवस्था गरिएको आयोगका सहायक प्रवक्ता अर्यालले बताउनु भयो । निर्वाचन आयोगले निर्वाचनको मिति घोषणा भएदेखि नै सरकारलाई आचारसंहिता लाग्ने पनि स्पष्ट पारेको छ ।

Facebook Comments