Sat. Oct 19th, 2024

चीनमा सोमबार गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा ६५ जनाको मृत्यु

- फलोअप न्यूज

भिओको समाचार/काठमाण्डौं, २०७९ भदौं २१ गते मंगलबार । चीनको दक्षिणपश्चिम क्षेत्रमा सोमबार गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा ६६ जनाको मृत्यु भएको छ ।

चाईना मिडिया गु्रपका अनुसार चीनको सछ्वान प्रान्तको कान्ची तिब्बती प्रिफेक्चर लुतिङ जिल्लामा गएको सो भूकम्पमा परी ५ सय जना भन्दा धेरै घाईते भएका छन् । स्थानीय अस्पतालहरुमा उपचार गराईरहेका मध्ये ५६ जनाको अवस्था गम्भिर रहेको छ । भूकम्पका कारण पहाडीक्षेत्रमा पहिरो जाँँदा कैयौं गाउँबस्ती र शहरहरुमा ठूलो क्षति पुगेको छ । एउटा क्षेत्रबाट अर्कोक्षेत्र जाने बाटो अवरुद्ध हुँदा उद्धारकर्ताहरुलाई समेत समस्या भएको छ ।

स्थानीय समय अनुसार सोमबार दिउसो १२ः५२ बजे गएको ६.८ रिक्टर स्केलको भूकम्पमा परी घाईते भएकाहरुको राहत तथा उद्धारका लागि बाक्लो संख्यामा उद्धारकर्ताहरु प्रयोग गरिएको छ ।

Facebook Comments