Tue. Jun 18th, 2024

प्रखर समाजवादी चिन्तक प्रदीप गिरीलाई सामाजिक सञ्जालमा यसरी सम्झना गरियो…

प्रदीप गिरी

काठमाण्डौं, २०७९ भदौं ६ गते सोमबार । प्रखर समाजवादी चिन्तक, बौद्धिक व्यक्तित्व, नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरी अब हामीमाझ रहनु भएन । पदलोलुपता, सत्ता स्वार्थ भन्दा निक्कै पर रहेर समकालीन नेताहरुलाई समेत राजनीति गर्नेहरुको मूलध्येय जनताको चाहना र आवश्यकता अनुसारको शासन हुनुपर्छ भनेर सिकाउने इमान अनि जवानले परिपूर्ण व्यक्तित्व गिरी भलै जीवित हुँदा नेपाली कांग्रेसको नेताको रुपमा स्थापित हुनुभयो तर जसै उहाँ जीवनमरणको अन्तिम युद्ध लडिरहनु भएको थियो तत्अवस्थामा उहाँप्रति सामाजिक सञ्जालमा देखिएको श्रद्धा र आत्मियता पार्टी राजनीति भन्दा निक्कै टाढा थियो । गिरी त्यत्तिवेला अनि देहत्याग गरि निष्प्राण हुँदा उहाँ जनताका नेता भैसक्नु भएको थियो ।

उहाँले जीवनभर राजनीति गर्नुभएको पार्टी नेपाली कांग्रेसका नेता र कार्यकता भन्दा पनि अझ धेरै श्रद्धाभाव नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र आम नेपालीबाट प्राप्त गर्नुभयो । पार्टी नेतृत्वले गलतबाटो समातेको समयमा पनि नेतृत्वलाई सही बाटोमा हिड्न प्रेरित गर्ने र पार्टी नेतृत्वको गैरजिम्मेवार व्यवहारको कडा शब्दमा आलोचना गर्न पछि नपर्ने त्यस्ता जनपक्षिय नेता गिरीलाई मृत्युपर्यन्त सगरमाथाको सलामी ।

गिरीलाई सामाजिक सञ्जालमा कसले के भने….

 

Facebook Comments