Wed. Jun 26th, 2024

विप्लब नेतृत्वको नेपाल बन्दको प्रभाव सामान्य, काठमाण्डौं उपत्यकामा सहज आवागमन

भिओके समाचार/काठमाण्डौं, २०७९ भदौं ७ गते मंगलबार । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आजका लागि आह्वान गरेको नेपाल बन्दको प्रभाव सामान्य देखिएको छ । काठमाण्डौं उपत्यका लगायत विराटनगर, वीरगञ्ज, विर्तामोड, पोखरा लगायतका शहरी क्षेत्रमा सार्वजनिक तथा निजि सवारी साधनहरु सामान्य रुपमा गुडिरहेका छन् । यद्यपी सरकारले बन्दलाई मध्यनजर गर्दै सडक र चोकचोकमा बाक्लो संख्यामा प्रहरी परिचालन गरेको छ ।

आफ्ना कार्यकर्तामाथिको मुद्दा फिर्ता लगायत सरकारसँग भएका विभिन्न सहमति पालना गर्न माग गर्दै  नेपाल कम्युनिस्ट पार्टीले आज बन्द आह्वान गरेको हो। बन्दलाई अरु साना तीनवटा पार्टीलेले पनि समर्थन गरेका छन् ।

ऋषि कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा (माओवादी समाजवादी) ले एमसीसी सम्झौता खारेज र महँगी नियन्त्रणलगायतका माग राखेका छन् ।

Facebook Comments