Sat. May 18th, 2024

पछिल्लो चौबिस घण्टामा थप ६ सय ५८ जनामा कोरोना सङ्क्रमण

काठमाण्डौं, २०७९ भदौं ६ गते सोमबार । पछिल्लो २४ घण्टामा ६ सय ५८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ६ हजार ६ सय ४३ जनाको नमुना परीक्षण गर्दा ६ सय ५८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमवार जनाएको छ ।

यही अवधिमा चार सय ५६ जना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण एक जनाको ज्यान गएको छ । नेपालमा हाल कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार दुई सय ९६ जना छन् ।

यही अवधिमा ३८ हजार १५ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Facebook Comments