Fri. Oct 18th, 2024

चापाकोट नगरपालिकामा कांग्रेस विजयी

वालिङ, २०७९ जेठ ४ गते बुधबार । स्याङ्जाको चापाकोट नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । प्रमुखमा कांग्रेसका देवबहादुर खाँण ९३५ मतान्तरले विजयी हुनुभएको छ । उहाँले सात हजार ४९० मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी एमालेका राजु कोइरालाले ६ हजार ५५५ मत ल्याउनुभयो ।

त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसकै इशा राना एक हजार ३७ मतान्तरले विजयी हुनुभयो । उहाँले सात हजार ४१३ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी सृष्टि मल्लले ६ हजार ३७६ मत ल्याउनुभयो । कूल १० वटा वडा रहेको चापाकोट नगरपालिकाका- ३, ४, ५, ६, ८ मा नेपाली कांग्रेस, १, २, ७, ९ र १० मा नेकपा एमालेका वडा अध्यक्ष विजयी हुनुभएको छ ।

चापाकोट नगरपालिकामा २१ हजार ५४६ मतदाता रहेकोमा १४ हजार ५०६ जनाले मतदान गरेका थिए । वि.सं २०७४ को स्थानीय तह निर्वाचनमा चापाकोट नगरपालिकाको प्रमुख र उपप्रमुखसहित बहुमत वडाध्यक्षमा पनि कांग्रेस विजयी भएको थियो । रासस

Facebook Comments