Fri. Oct 18th, 2024

देउमाईको प्रमुख र उपप्रमुखमा एमालेका उम्मेदवार निर्वाचित

मङ्गलबारे, २०७९ जेठ ४ गते बुधबार । इलामको देउमाई नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नै नेकपा (एमाले) का उम्मेदवार विजयी हुनुभएकोे छ ।

नगर प्रमुखमा सूर्यप्रसाद पोखरेल र उपप्रमुखमा पविमाया राई निर्वाचित हुनुभएको हो । प्रमुख पदमा एमालेका उम्मेदवार पोखरेल आठ हजार ६९५ मत ल्याउँदै विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार होम दुलालले सात हजार ६२२ मत प्राप्त गर्नुभयो ।

उपप्रमुख पदमा एमालेकी उम्मेदवार पविमाया राई आठ हजार ५६३ मत पाउँदै निर्वाचित हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का राम राईले पाँच हजार ७६५ मत पाउनुभयो । एमालेबाट विजयी उम्मेदवार पोखरेल र राई दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो । उहाँहरु यसअघि २०७४ को स्थानीय निर्वाचनमा समेत विजयी हुनुभएको थियो । रासस

Facebook Comments