Sat. Apr 20th, 2024

कश्मीरबारे नबोल्न मुस्लिम नेतालाई मोदी सरकारको प्रलोभन

काठमाडौं, २०७६ पुष २७ गते आईतबार

मुस्लिम धर्मावलम्वीका प्रभावशाली अगुवा जकिर नायकले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संविधानको धारा ३७० को विरोध नगरेको खण्डमा भारतमा सुरक्षित आवतजावत गर्न दिने प्रस्ताव गरेको दावी गर्नुभएको छ ।

प्रधानमन्त्री मोदी र भाजपाका नेता अमित शाहले गत सेप्टेम्बरमा एक प्रतिनिधि मार्फत यस्तो प्रस्ताव पठाएको उहाँले बताउनु भएको हो । २०१६ देखि मलेसियामा आश्रय लिँदै आउनु भएका नायकले भारत सरकारले कश्मीर विरोधी अभियानमा साथ दिन प्रलोभन दिएको भिडियो मार्फत बताउनु भएको हो ।

कश्मीर विरोधी अभियानमा मोदीलाई साथ दिए सरकारले सबै मुद्दा फिर्ता लिने प्रलोभन आफूले पाएको नायकको दावी छ । उहाँले हालै भिडियो मार्फत यस्तो दावी गर्नुभएको हो । उहाँलाई यस्तो प्रस्ताव साढे तीन महिनाअघि भारतीय अधिकारीहरुबाट ‘प्राइभेट मिटिङ’मार्फत आएको उहाँको दावी छ ।

‘मैले खुला रुपमा अस्वीकार गरेँ, मैले भनेँ, कश्मीरमा संविधानको धारा ३७० खारेज गरिनु असंवैधानिक छ । र यसले कश्मीरका जनताको अधिकार कटौती गर्छ । न त म गैरन्यायीक कानुनको समर्थन गर्नसक्छु न त कश्मीरका जनतालाई धोका दिन नै ।’

यससँगै नायकले भारतको नागरिकता कानुनको पनि कडा आलोचना गर्नुभएको छ । विज्ञप्ति निकाल्दै उहाँले विरोध जनाउनु भएको थियो । यसपटक भिडियो सन्देशमा पनि उहाँले उक्त कानुनको विरोध जनाउनु भएको छ । अन्नपूर्ण पोष्ट अनलाईनबाट

Facebook Comments