Fri. Apr 19th, 2024

प्रदेश ३ को नाम बाग्मती

काठमाडौं, २०७६ पुष २७ गते आईतबार

देश ३ को नाम बागमती कायम भएको छ । प्रदेश नं. ३ को प्रदेशसभा बैठकले दुई तिहाइ मतका साथ प्रदेशको नाम बागमती नै कायम गर्ने प्रस्ताव पास गरेको हो ।

आइतबार प्रदेशको नाम बागमती राख्ने प्रस्तावको पक्षमा भएको मतदानमा १०८ सांसदले पक्षमा मतदान गरे । प्रदेशको नाम बागमतीको नाम मात्रै प्रस्ताव पेश भएसँगै नाम बागमती टुंग्गिएको हो । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयले यसअघि नाम र राजधानीबारे निर्णय गरेको थियो । त्यहीँ निर्णयलाई प्रदेशसभा संसदीय दलले सदर गर्दै प्रदेशसभामा पेस गरेको थियो । जसमा प्रमुख विपक्षी नेपाली कांग्रेसँगै राप्रपा, राप्रपा संयुक्त र नेमकिपाले पनि समर्थन गरेका थिए ।

प्रदेशको स्थायी राजधानीको विपक्षमा देखिएको विवेकशिल साझाले समेत प्रदेशको नाम बागमतीमा सहमती जनाएको छ । बागमती नामको प्रस्तावमा उपस्थित सबै १०८ सांसदलेनै मतदान गरेका हुन् । गोरखापत्र अनलाईनबाट

Facebook Comments