Tue. Sep 24th, 2024

प्रदेश नं. १ को मुख्यमन्त्रीमा भीमप्रसाद आचार्य नियुक्त

काठमाण्डौं, २०७८ भदौं १० गते बिहीबार । नेकपा (एमाले) संसदीय दलका नेता भीमप्रसाद आचार्य प्रदेश नं १ को मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ । उहाँले आजै मुख्यमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

उहाँलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले नेपालको संविधानको धारा १६८ (१) बमोजिम पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

सो अवसरमा निवर्तमान मुख्यमन्त्री शेरधन राई, सभामुख प्रदीपकुमार भण्डारी, उपसभामुख सरस्वती पोखरेल, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीलगायत प्रदेश सरकारका उच्च पदस्थ कर्मचारीको उपस्थिति रहेको थियो ।

यसअघि आचार्य आजै नेकपा (एमाले) प्रदेश नं १ को संसदीय दलको नेतामा चयन हुनुभएको थियो ।

आचार्यको नियुक्तीलाई एमालेले प्रदेश नम्बर एकमा आफ्नो सरकारलाई निरन्तरता दिने रणनीतिको रुपमा हेरेको छ । माधव कुमार नेपालले नयाँ पार्टी दर्ता गराएसँगै प्रदेश नम्बर १ र बागमती प्रदेशबाट पनि वीदा लिनु पर्ने अवस्थालाई मध्यनजर गर्दै एमाले शीर्ष नेतृत्वले प्रदेश १ वटा मुख्यमन्त्री शेरधन राई र बागमती प्रदेशबाट डोरमणि पौडेललाई मुख्यमन्त्रीको जिम्मेवारीबाट अलग गर्ने निर्णय गरेको हो ।

Facebook Comments