Thu. May 28th, 2026

नब्बे जना सांसदद्वारा संसद् विघटन हुनुअघि नै ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

       

काठमाडौं, २०७७ पुस ५ गते आईतबार

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध संसद् सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराउने अन्तिम तयारी भएको जानकारी पाएपछि संसद् विघटन गरेको रहस्य खुलेको छ ।

आइतबार बिहान १० बजेर ५० मिनेटमा नै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रैका ९० जना सांसदले प्रधानमन्त्रीविरुद्ध व्यवस्थापिका संसद् सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

तर साढे १० बजे नै प्रधानमन्त्रीले आकस्मिक रूपमा मन्त्रिपरिषद्को बैठक डाकेर एकलौटी रूपमा संसद् विघटनको प्रस्ताव राष्ट्रपतिकाेमा पठाउनुभएको थियो । बिहान १० बजेर ५० मिनेटमा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको देखिएको छ भने संसद् विघटन २ बजेर ४१ मिनेटमा भएकाे देखिन्छ ।

पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल गुटका सांसदहरूले नेकपा संसदीय दलको नेताबाट ओलीलाई हटाउनुपर्ने भन्दै उनीहरूले नेकपा संसदीय दलको कार्यालयमा अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।

ओलीविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने ९० सांसदहरुको नामावली यसप्रकार रहेको छ :

  1. पुष्पकमल दाहाल ‘प्रचण्ड’
  2. झलनाथ खनाल
  3. माधवकुमार नेपाल
  4. सुदन किराती
  5. शिवकुमार मण्डल
  6. हेमकुमार राई
  7. रामकुमारी चौधरी
  8. अमनलाल मोदी
  9. सुरेशकुमार राई
  10. सुरेशचन्द्र दास
  11. चाँदतारा कुमारी
  12. दिल कुमारी
  13. बोधमाया यादव
  14. मातृकाप्रसाद यादव
  15. धर्मशिला चापागाईं
  16. इन्द्रकुमारी शर्मा
  17. गौरीशंकर चौधरी
  18. हरिबोल गजुरेल
  19. हितबहादुर तामाङ
  20. पम्फा भुसाल
  21. शशि श्रेष्ठ
  22. श्यामकुमार श्रेष्ठ
  23. अन्जना विशंखे
  24. गंगा बहादुर तामाङ
  25. देवप्रसाद गुरुङ
  26. देवेन्द्र पौडेल
  27. यशोदा गुरूङ सुवेदी
  28. हरिराज अधिकारी
  29. अमृता थापा
  30. चुडामणी खड्का
  31. दुर्गाकुमारी विश्वकर्मा
  32. कमला रोका
  33. टेकबहादुर बस्नेत
  34. वर्षमान पुन
  35. रामेश्वर राय यादव
  36. प्रभु साह
  37. शक्तिबहादुर बस्नेत
  38. सत्य पहाडी
  39. कृष्णबहादुर महत
  40. सुरेन्द्र कुमारी कार्की
  41. गिरिराजमणी पोखरेल
  42. बिना मगर
  43. छक्क बहादुर लामा
  44. राजबहादुर बुढाक्षेत्री
  45. पार्वतीकुमारी विशुंखे
  46. दुर्गा बहादुर राउत
  47. ध्रुवकुमार शाही
  48. जनार्दन शर्मा
  49. जयपुरी घर्ती
  50. रेखा शर्मा
  51. पूर्णकुमारी सुवेदी
  52. ओनसरी घर्ती
  53. सन्तकुमार थारू
  54. महेश्वर जंग गहतराज
  55. राजेन्द्र बहादुर महत
  56. चक्रपाणी खनाल
  57. जीवनराम श्रेष्ठ
  58. गणेश कुमार पहाडी
  59. सरला यादव
  60. पुष्पाकुमारी कर्ण कायस्त
  61. कृष्णलाल महर्जन
  62. नारायण प्रसाद खतिवडा
  63. कृष्णभक्त पोखरेल
  64. शेरबहादुर तामाङ
  65. मायादेवी न्यौपाने
  66. विरोध खतिवडा
  67. रामकुमारी झाँक्री
  68. कल्याणीकुमारी खड्का
  69. भशराज सुनुवार
  70. समिना हुसेन
  71. जयकुमार राई
  72. मेटमणी चौधरी
  73. हिराचन्द्र केसी
  74. लक्ष्मीकुमारी चौधरी
  75. भवानी प्रसाद खापुङ्ग
  76. झपट बहादुर रावल
  77. यज्ञबहादुर बोगटी
  78. निरादेवी जैन
  79. डा दीपप्रकाश भट्ट
  80. कलिला खातुन
  81. सोमप्रसाद पाण्डेय
  82. लालबाबु पण्डित
  83. बिनादेवी बुढाथोकी
  84. भीमबहादुर रावल
  85. मुकुन्द न्यौपाने
  86. पवित्रा निरौला खरेल
  87. गंगा चौधरी
  88. गोकर्ण विष्ट
  89. सुरेन्द्रप्रसाद पाण्डे
  90. भैरव बहादुर सिंह
Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read
1 min read