Fri. Oct 18th, 2024

प्रतिनिधिसभा विघटनविरुद्ध काठमाडौंमा प्रदर्शन, ठूलो सङ्ख्यामा प्रहरी परिचालन

तस्विर कान्तिपुर

काठमाडौं, २०७७ पुस ५ गते आईतबार

संघीय संसद्को प्रतिनिधिसभा विघटन भएको निर्णयविरुद्ध काठमाडौंलगायत मुलुकका विभिन्न सहरहरुमा प्रदर्शन भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक र निरंकुश भएको भन्दै आइतबार दिउँसो ३ बजेदेखि काठमाडौंको माइतीघर क्षेत्रमा नेकपासम्बद्ध विभिन्न जनवर्गीय संगठनका कार्यकर्ता प्रदर्शनमा उत्रिएका हुन् ।

तस्विर कान्तिपुर

यसैबीच संसद् विघटन पछि हुने सम्भावित घटनालाई मध्यनजर गर्दै काठमाण्डौमा आईतबार दिउसो ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएका थिए ।

 

Facebook Comments