Mon. Apr 29th, 2024

चिनियाँ परराष्ट्रमन्त्री वाङद्वारा भारतीय समकक्षीसँग टेलिफोन वार्ता

काठमाडौं, २०७७ असार ३ गते बुधबार

चिनियाँ राज्य परिषदका सदस्य एवं परराष्ट्र मन्त्री वाङ यीले आज भारतका विदेशी मन्त्री सुब्रह्मण्यम जयशंकरसँग टेलिफोनद्वारा वार्ता गर्नुभएको छ।

मन्त्री वाङले जुन १५ तारिख राति भारतीय सीमास्थित सैनिकहरूले चीन भारत दुई देशका सेनापतिस्तरीय सहमतिलाई उल्लङ्घन गरको तथा भारत र चीनबीचको सीमा अतिक्रमण गरी चिनियाँ भूमिमा त्यहाँ तैनाथ सैनिकलाई उत्तेजक कार्य गरेपछि उत्पन्न हताहत र मृत्युभएको समस्यामाथि चीनले कडा निन्दा गरेको बताउनुभएको छ। चिनिया अन्तर्राष्ट्रिय रेडियो सीआरआईका अनुसार  भारतीय सैनिकले दुई देशबीचको सीमा सम्बन्धी बिषयमा भएको सहमति र अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत नियमलाई गम्भीररूपमा उल्लंघन गरेको र सो समस्याको जिम्मेवार व्यक्तिलाई कडारूपमा सजाय दिनुपर्ने कुरा चीनले भारतसँग माग गरेको कुरा पनि उहाँले व्यक्त गर्नुभयो।

प्रत्युत्तरमा सुब्रह्मण्यम जयशंकरले सो समस्यामा भारतको अडानको जानकारी दिँदै चीन र भारतबीचको सम्बन्ध रहेको दृष्टिकोणबाट हर्दा दुई देशका नेताबीच सहमत भएको विचारलाई व्यवहारमा उतार्ने र शान्तिपूर्ण रूपमा चीनसँगको सीमा सम्बन्धी समस्याको समाधान गर्न भारत इच्छुक रहेको कुरा बताउनुभएको छ।

Facebook Comments