Tue. Sep 24th, 2024

महाकालीमा बेपत्ता जयसिंह धामीका परिवारलाई १० लाख दिने सरकारकाे निर्णय

फाईल फोटो

काठमाण्डौं, २०७८ भदौं १० गते बिहीबार । सरकारले महाकाली नदीमा बेपत्ता हुनुभएका जयसिंह धामीकाे परिवारलाई आर्थिक सहयाेग स्वरूप १० लाख रुपैयाँ दिने निर्णय गरेकाे छ ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

गएकाे साउन १५ गते धामी तुइन तर्ने क्रममा महाकाली नदीमा बेपत्ता हुनुभएकाे थियाे, अझसम्म पनि उहाँकाे अवस्थाबारे थाहा भएकाे छैन ।

यस घटनामा छानबिनका लागि सरकारले समिति नै गठन गरेर प्रतिवेदन बुझाउन निर्देशन दिएकाे छ ।

Facebook Comments