Tue. Sep 24th, 2024

नेपाल कानुन आयाेगका अध्यक्षमा जागेश्वर सिंह सुवेदी नियुक्त

काठमाण्डौं, २०७८ भदौं १० गते बिहीबार । सरकारले नेपाल कानुन आयाेगका अध्यक्षमा पूर्व मुख्य न्यायाधीश जागेश्वर सिंह सुवेदीलाई नियुक्त गर्ने निर्णय गरेकाे छ । साथै राष्ट्रिय योजना आयोगको सदस्य पदमा पुष्परमण वाग्ले र सलोनि प्रधान सिंह नियुक्त हुनुभएको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उहाँहरुलाई नियुक्ति गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै जो कुराको जानकारी दिनुभएको हो । साथै सरकारले दार्चुलामा तुइन तर्दा वेपत्ता भएका जयसिंह धामीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।  मन्त्रिपरिषद् बैठकले दार्चुला, ब्यास गाउँपालिकाका धामीको परिवारलाई १० लाख रुपियाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको  प्रवक्ता  कार्कीले जानकारी दिनुभयो । गत साउन १५ गते महाकाली नदीमा वेपत्ता धामी हालसम्म फेला पर्नुभएको छैन । उहाँको खोजीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएका छन् ।

Facebook Comments