Sun. Jun 21st, 2026

धवलशमशेर राणालाई धरौटीमा छोड्न आदेश

       

काठमाण्डू, २०८२ असार २ गते सोमबार । राजावादीहरूले गत १५ चैतमा तीनकुनेमा गरेको आन्दोलनका आरोपी राप्रपाका महामन्त्री डा. धवलशम्शेर राणालाई धरौटीमा छाड्न काठमाण्डू जिल्ला अदालतले आदेश दिएको छ ।

आज राणाको बयानपछि थुनछेक बहस भएको थियो । थुनछेक बहसपछी न्यायाधीश शिवप्रसाद खनालको इजलासले ३ लाख धरौटीमा छोड्न आदेश दिएको जिल्ला अदालतका सूचना अधिकारी दीपक श्रेष्ठले जानकारी दिनुभयो । राणालाई प्रहरीले अनुसन्धानको क्रममा हाजिरी जमानीमा छोडको थियो । तर, सरकारी वकिलले अदालतमा मुद्दा दायर गर्दा भने उहाँ उपस्थित हुनुभएको थिएन ।

आजै अदालतमा उपस्थित हुनुभएका राणालाई अदालतले बयान सकेर ३ लाख धरौटीमा छोडेको हो । राणासँगै पक्राउ पर्नुभएका राप्रपा का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र भने अदालतमा उपस्थित हुनुभएको छैन ।

Facebook Comments