गृहमन्त्रीको राजीनामा चाहिन्छ चाहिन्छ : प्रमुख सचेतक परियार
काठमाण्डू, २०८२ असार २ गते सोमबार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बन्नुपर्ने कुरा दोहो¥याउनुभएको छ ।
आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले सो माग गर्नुभएको हो । उहाँले जनतालाई शिकार गरेर राज्यका संरचना बनाइरहेको भन्दै आपत्ति जनाउनुभयो । रास्वपा विगत लामो समयदेखि यस मुद्दामा गम्भीर रुपमा छलफलमा रहको परियारको भनाइ छ । उहाँले राज्य कसका लागि र जनतालाई दुःख दिन बनाएका हौँ ? भन्दै प्रश्न गर्नुभयो ।
नेपालीलाई स्वदेशमा बस्न, खान र लगाउने व्यवस्था नगर्ने साथै जीविकोपार्जन गर्न विदेश जानेमाथि ठग्ने राज्यको संरचना जवाफदेही हुनुपर्ने परियारले बताउनु भयो । उहाँले गृह मन्त्रालय अन्तर्गत अध्यागमन कार्यालयका विषयमा उठेका कुराको जवाफ माग्दा सदनमा आफूहरूमाथि बल प्रयोग गरेर सदन चलाइएको भन्दै आपत्ति व्यक्त गर्नुभयो । उहाँले गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समिति बन्नैपर्ने कुरा पटक पटक दोहो¥याउनु भयो ।
भिजिट भिसा प्रकरणमा मुछिनु भएका गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै रास्वपाका सांसदहरूले लगातार संसद अवरोध गर्दै आएका छन् ।

