Sun. Jul 13th, 2025

पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न आदेश

काठमाण्डू, २०८२ असार २ गते सोमबार । पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश ऋषि राजभण्डारीको एकल इजलासले पाठकलाई पक्राउ नगर्न भन्दै आदेश जारी गरेको हो । विद्युतीय कारोबार (साइबर अपराध) मुद्दामा प्रकाउ गरी अुनसन्धान गर्न नेपाल प्रहरीको साइबर ब्यूरोले जिल्ला अदालत काठमाण्डूबाट अनुमति लिएको थियो । आफूलाई गैरकानूनी रुपमा पक्राउ गर्न खोजिएको भन्दै पत्रकार पाठक उच्च अदालत पाटन पुग्नु भएको थियो ।

प्रारम्भिक सुनुवाइपछि नै उच्च अदालतले उहाँलाई पक्राउ नगर्न अल्पकालीन आदेश दिएको हो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीका अनुसार, तत्कालका लागि पत्रकार पाठकको पक्राउ रोकिएको छ । अब ५ गते पुन बहस हुने जनाइएको छ ।

Facebook Comments