Sat. Jul 27th, 2024

नेपाल र चीनबीच कुनै पनि सीमा विवाद नरहेको राजदूत पाण्डेको भनाइ

Nepalese ambassador to China, Mahendra Bahadur Pandey Photo: Qu Qiuyan/GT

काठमाडौं, २०७७ असोज १२ गते सोमबार

चीनका लागि नेपाली राजदूत महेन्द्र बहादुर पाण्डेले दुई देशबीचमा अहिले कुनै पनि सीमा समस्या नरहेको बताउनुभएको छ। चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सलाई दिएको एक लामो अन्तवार्तामा राजदूत पाण्डेले चीनसँग पहिला केही समस्या भएपनि चाउ यनलाई चीनको प्रधानमन्त्री भएको समयमा दुवै मुलुक बसेर ती समस्या समाधान गरेको बताउनुभयो। अन्तवार्तामा राजदूत पाण्डेले भारतले नेपालको केही भूभागमा कब्जा जमाएको बताउँदै भन्नुभयो, ‘सन् १९६२ मा भारत र चीनको बीचमा युद्ध भएको थियो र भारत पराजित थियो, त्यतिबेला केही भारतीय सेना अस्थायी रुपमा हाम्रो भूभागमा बसे। तर पछाडि उनीहरुले त्यो भूभाग आफ्नो भएको दाबी गरे । त्यसैले हाम्रो समस्या यो हो । हामी सँगै बसेर समस्या समाधान गर्ने प्रयास गरिरहेका छौं ।’

विशेषगरी भारतीय मिडियाले नेपाल र चीनबीच बढ्दो समस्याले केही सुरक्षा सम्वन्धी विषयहरु ल्याएको छ भनी समाचार सम्प्रेषण गरिरहेका छन् नि भनेर सोधिएको प्रश्नमा राजदूत पाण्डेले यो तथ्यमा आधारित नभएको र पूर्वाग्रही धारणा भएको टिप्पणी गर्नुभयो।

सीमा समस्या भारत र चीनको बीचमा तथा नेपाल र भारतको बीचमा भएपनि यो प्रपोगण्डा गर्ने विषय नभएको बताउँदै राजदूत पाण्डेले त्यसलाई सँगै बसेर ऐतिहासिक रेकर्ड र प्रमाणको आधारमा समाधान गर्नुपर्ने बताउनुभयो।

बहुचर्चित नेपाल–चीन रेलको सम्वन्धमा राजदूत पाण्डेले दुवै पक्षले यसमा कडा परिश्रम गरिरहेको बताउँदै उहाँले प्रि–फिजिबिलिटी अध्ययनको काम पहिला नै सम्पन्न भइसकेको र कोरोना भाइरस संक्रमणको कारण रेलको काममा केही मन्दी आएको बताउनुभयो। कोरोना महामारी सकिएपछि त्यसले गति लिने राजदूत पाण्डेको भनाइ छ।

केही समय अगाडि मात्र राजदूतको पद सम्हालेका पाण्डेले राजदूतको रुपमा आफ्नो प्राथमिकता दुई देशबीच भएका सहमतिहरुको कार्यान्वयन भएको बताउनुभएको छ। उहाँले गत वर्ष चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण र नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणको समयमा भएका सहमति कार्यान्वयनमा आफ्नो जोड रहेको सुनाउनुभयो।

गत वर्ष बेल्ट एण्ड रोड इनिसियटिभअन्तर्गत केही कार्यक्रम विकास गरिएको जानकारी दिँदै राजदूत पाण्डेले ती कार्यक्रमहरु शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण र पर्यावरण सुधारमा केन्द्रित रहेको औंल्याउनुभयो।

केही विदेशी मिडिया (विशेषगरी भारतीय मिडिया)ले नेपाल र चीनबीच बढ्दो समस्याले केही सुरक्षा सम्वन्धी विषयहरु ल्याएको छ भनी समाचार सम्प्रेषण गरिरहेका छन् नि भनेर सोधिएको प्रश्नमा राजदूत पाण्डेले यो तथ्यमा आधारित नभएको र पूर्वाग्रही धारणा भएको दोहोर्याउनुभयो।

भारतीय मिडिया पूर्वाग्रही भएको हुनसक्ने र कतैबाट प्रभावित भएको हुन सक्ने भन्दै पाण्डेले राजदूत पाण्डले चीनको बेल्ट एण्ड रोड एनिसियटिभको समेत प्रशंसा गरेका गर्नुभयो, ग्लोबल टाइम्सको अन्तर्वार्ता, अनलाइनखबरले उल्था गरेको छ।

Facebook Comments