Sat. Jul 27th, 2024

सातवटै प्रदेशमा एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स स्थापना गर्न इजरायलसँग सम्झौता हुँदै

काठमाडौं, २०७७ असोज १२ गते सोमबार

 इजरायल सरकारको सहयोगमा नेपालका सातै वटै प्रदेशमा एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स स्थापना गर्ने तयारी भएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले इजरायलसँगको सहयोगमा स्थापना हुने उक्त केन्द्र स्थापनाका लागि समझदारी पत्रमा हस्ताक्षार गर्न इजरायलका लागि नेपाली राजदूत अञ्जन शाक्यलाई अख्तियारी दिने निर्णय गरेको छ ।

सोमबार मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्दै परराष्ट्र मन्त्रीसमेत रहेका सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले इजरायलसँग भएको कृषि प्रविधि भित्र्याउन स्थापना हुने एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्सले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनु भयो ।

यस्तै आइतबार बसेको बैठकले नेपाल कृषि अनुसन्धान परिषद्(नार्क)का मुख्य वैज्ञानिक डा. दिपककुमार भण्डारीलाई नार्कको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको छ ।

यस्तै वैज्ञानिक वन व्यवस्थापान र रुख कटान सम्बन्धि सरकारद्वारा गठित उच्चस्तरीय छानबिन समितिको प्रतिवेदनले दिइएका सुझावलाई कार्यान्वय गर्नका लागि वत तथा वातावरण मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ ।

यस्तै असोज ८ गतेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बलको गोताखोर तालिम प्राप्त सशस्त्र प्रहरीहरु उद्धारमा कार्यमा खटिएको दिन प्रतिदिन ३ सय रुपैयाँ अतिरिक्त भत्ताको व्यवस्था गर्ने निर्णय गरेको छ । यस्तै गोताखोर तालिम प्राप्त ती सशस्त्र प्रहरीको १० लाखको विशेष बिमा गर्ने व्यवस्था मिलाउने पनि सरकारले निर्णय गरेको छ भनि कान्तिपुर अनलाईनले समाचार लेखेको छ ।

Facebook Comments