Sun. Apr 19th, 2026

अमेरिकी अदालतद्वारा टिकटकलाई अमेरिकी बजारबाट हटाउने प्रशासनिक आदेशको कार्यान्वयनलाई स्थगित गर्ने फैसला

       

काठमाडौं, २०७७ असोज १२ गते सोमबार

अमेरिकी कोलम्बिया विशेष क्षेत्रको संघीय अदालतले सेप्टेम्बर २७ तारिख बेलुका गरेको फैसला अनुसार, छोटो भिडियो सम्बन्धी सामाजिक सञ्जाल एप टिक टकलाई युएस मोबाइलको एप स्टोरबाट हटाउने प्रशासनिक आदेशलाई स्थगित गरिनेछ।

सीआरआईका अनुसार सो फैसला लगत्तै टिक टकले एउटा वक्तव्य प्रकाशित गर्दै यस फैसलाको स्वागत गर्नुका साथै अमेरिकी सरकारसँग निरन्तर रुपमा वार्ता गर्ने टिप्पणी गरेको छ। अमेरिकी वाणिज्य मन्त्रालयले पनि एउटा वक्तव्य प्रकाशित गर्दै उक्त फैसलाको पालना गरी तुरुन्तै सम्बन्धित गतिविधि गर्ने, तथापि प्रशासनिक आदेश र सम्बन्धित कदमको सक्रियताका साथ संरक्षण गर्ने बताएको छ।

चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ताले सेप्टेम्बर १९ तारिख अमेरिकाले “राष्ट्रिय सुरक्षा”को नाउँमा टिक टकसँग गर्ने कारोबारलाई निषेध गर्नेजस्तो कारवाहीले सम्बन्धित व्यवसायहरुको वैधानिक अधिकारलाई गम्भिरताका साथ ध्वस्त पारेकोमा चीनले त्यसको कडा शव्दमा विरोध गरेको बताउनुभयो।

Facebook Comments

सम्बन्धित समाचार