Thu. Apr 25th, 2024

हंगकंगका विभिन्न पक्षद्वारा राष्ट्रिय रक्षा कानुनको समर्थन

काठमाडौं, २०७७ असार १८ गते बिहीबार

हंगकंग विशेष प्रशासनिक क्षेत्रका प्रमुख कार्यकारी क्यारी लामले जुलाई १ तारिख आयोजित पत्रकार सम्मेलनमा हंगकंगसम्बन्धी राष्ट्रिय रक्षा कानुनको निर्माण समयमै र आवश्यक हुनुका साथै हंगकंगले राम्ररी कार्यान्वयन गर्ने कुरा व्यक्त गर्नुभएको छ।

उहाँका अनुसार, गत वर्षको जुन महिनामा हिंसात्मक घटना भएदेखि हंगकंगका सामु खतरा, विशेष गरी बाहिरी शक्तिको हस्तक्षेप देखापरेर परिस्थिति तनावपूर्ण रहेको छ। केन्द्रीय सरकारले समयमै हंगकंगसम्बन्धी राष्ट्रिय रक्षा कानुनको निर्माणलाई अगाडि बढाएको छ। यो कानुनको निर्माणले केन्द्रीय सरकारको उच्चस्तरीय विश्वास देखाएको छ।

हंचिनिया अन्तर्राष्ट्रिय रेडियो सीआरआईका अनुसार हंगकंग विशेष प्रशासनिक क्षेत्रीय न्याय विभागका प्रमुख टेरेसा छङ युक वाहले जुन ३० तारिख एक वक्तव्य प्रकाशित गरेर न्याय विभागले राष्ट्रिय रक्षाको सुरक्षा गर्ने जिम्मेवारीलाई समर्थन तथा राम्ररी व्यवहारमा उतार्ने कुरा व्यक्त गर्नुभएको छ। उहाँका अनुसार, हंगकंगसम्बन्धी राष्ट्रिय रक्षा कानुनले राष्ट्रिय रक्षामाथि क्षति पुर्‍याउने अवैध तत्वलाई प्रतिरक्षा गर्न, रोक्न तथा संजाय गर्न स्पष्ट नियम तथा कानुनी आधार तयार गरेको छ। यो राष्ट्रिय रक्षाका लागि सहयोगी भएको छ।

हंगकंगको सुरक्षा ब्युरो, भन्सार लगायत छवटा अनुशासित बलका प्रमुखहरू उक्त कानुनको पारित हुन स्वागत गर्नुका साथै उक्त कानुनको प्रभावकारी कार्यान्वयनलाई समर्थन गर्नुभएको छ।

त्यसबाहेक हंगकंग विधान परिषदका अध्यक्ष, ४१ जना सांसदहरू, हंगकंग गठबन्धनले छुट्टा-छुट्टै रूपमा राष्ट्रिय रक्षा कानुनलाई समर्थन गरेका छन्।

Facebook Comments