Fri. Apr 26th, 2024

चीनले अतिक्रमण गरेको भू-भाग फिर्ता ल्याउन माग गर्दै संसद्‍मा संकल्प प्रस्ताव

काठमाडौं, २०७७ असार १० गते बुधबार

चीनले अतिक्रमण गरेको नेपाली भू-भाग फिर्ता ल्याउन माग गर्दै नेपाली कांग्रेसका नेताहरुले संसदमा संकल्प प्रस्ताव दर्ता गरेका छन् । बुधबार नेताहरुले कूटनीतिक माध्यमबाट चीनले अतिक्रमण गरेको भूभाग फिर्ता ल्याउन माग गर्दै संकल्प प्रस्ताव दर्ता गरेका हुन् ।

अन्नपूर्ण पोष्ट दैनिक अनलाईनका अनुसार पछिल्ला दिनमा देशका विभिन्न ठाउँमा चीनले नेपालको भू-भाग अतिक्रमण गरेका खबर सार्वजनिक भएपछि कांग्रेसका नेता देवेन्द्रराज कँडेल, सत्यराम शर्मा खनाल र संजयकुमार गौतमले संसदमा संकल्प प्रस्ताव दर्ता गराएका हुन् ।

‘समग्रमा नेपालको भू-भाग चीनको अतिक्रमणमा परेको हुनाले ती भू-भागलाई कूटनीतिक माध्यमबाट वार्ता गरी फिर्ता ल्याउनका लागि र त्यहाँको स्थिति एवम् वास्तविक अतिक्रमणमा परेका भूभाग र गाउँसमेतको अवस्थाको सम्बन्धमा सत्यतथ्य सदनलाई जानकारी गराउन नेपाल सरकारलाई निर्देशन गर्नएका लागि यो संकल्प प्रस्ताव पेश गरेका छौँ ।’

Facebook Comments