Fri. Apr 19th, 2024

चितवनको राप्ती नगरपालिका-११ का वडाध्यक्ष तामाङको निधन

काठमाडौं, २०७७ असार ११ गते बिहीबार

पूर्वी चितवनको राप्ती नगरपालिका-११ का वडाध्यक्ष हितबहादुर योञ्जन तामाङको निधन भएको छ। उनको ४९ वर्षको उमेरमा मकवानपुरको भिमफेदीमा निधन भएको कान्छा छोरा हरि तामाङले जानकारी दिए ।

लामो समयदेखि अल्सरको उपचार गर्दै आएका तामाङको पछिल्लो समय कलेजोले काम गर्न छाडेको थियो । नगर प्रमुख प्रभा बरालका अनुसार समस्या जटिल भएपछि उनलाई अस्पतालले घरमा नै आराम गर्न भनी पठाएको थियो। उनका अनुसार तामाङको निधन आज दिउँसो ४ बजे भएको हो ।

नेपालपाटी अनलाईनका अनुसार उनलाई केही दिनअघि आयुर्वेदिक उपचारका लागि मकवानपुरको भीमफेदी लगिएको थियो। उपचारका क्रममा तामाङको निधन भएको हो । नगरसभा सकिने समयमा उनको निधन भएको खबर आएको प्रमुख बरालले बताइन् । तामाङ विसं २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । उनको एक श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

Facebook Comments