Thu. Apr 25th, 2024

राज्य विप्लवको मुद्दामा सिके राउतसहित १६ जनाले पाए सफाइ

काठमाडौं, २०७७ असार ३ गते बुधबार

राज्य विप्लवको मुद्दा खेपिरहेका सिके राउतले बुधबार सफाइ पाएका छन्। सवोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्मा र मीराकुमारी खड्काको इजलासले राउतसहित १६ जनालाई सफाइ दिएको हो।

मधेस विभाजनको अभिव्यक्ति दिएको भन्दै राउतसहित उनको एक समूहविरुद्ध राज्यविरुद्धको अपराधमा मुद्दा चलाइएको थियो। यसअघि राउतलाई विशेष अदालतलेसमेत सफाइ दिएको थियो।

विशेषको फैसला त्रूटीपूर्ण भन्दै सरकारले सर्वोच्चमा पुनरावेदन गरेको मुद्दाको सुनुवाइ बुधबार भएको हो। यस बीचमा राउतले सरकारकासँग वार्ता गरेर उनले छुट्टै मधेसको माग त्याग गरेका थिए। यो फैसलासँगै राउत अब खुला रुपमा हिँडडुल गर्न पाउने छन्।

२०७५ फागुन २४ गते सरकारले राउतसँग सम्झौता गरेको थियो। सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र राउत नेतृत्वको स्वतन्त्र तराई मधेस गठबन्धनबीच सम्झौता भएको थियो।

सिके राउतले मूलधारको राजनीतिमा आएर स्वतन्त्र मधेस राज्यको माग छाड्ने प्रतिवद्धता जनाउँदै सरकारसँग सम्झौता गरेका थिए। राउतसँगको उक्त सहमति र हस्ताक्षर कार्यक्रममा  प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि उपस्थित थिए। अन्नपूर्ण पोष्ट दैनिक अनलाईनबाट

Facebook Comments