Tue. Apr 30th, 2024

नेपालको संविधान (दोश्रो संशोधन) विधयेक छलफल शुरू

- देउवा भन्नुहुन्छः नेपाली जहाँ रहे पनि राष्ट्रियताका विषयमा एक हुन्छन्

काठमाडौं, २०७७ जेठ ३१ गते शनिबार

प्रतिनिधिसभाको बैठकमा नेपालको संविधान (दोश्रो संशोधन) विधयेक, २०७७ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत भएको छ ।

अहिले केही बेरअघि देखि बसिरहेको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्वाहाङ्फेले नेपालका संविधान नेपालको संविधान (दोश्रो संशोधन) विधयेक, २०७७ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको हो ।
बैठकमा नेपालको संविधान (दोश्रो संशोधन) विधयेकलाई पारित गरियोस् भन्ने प्रस्तावपछि विधयेकमाथि दफाबार छलफल हुनेछ ।

यसैबीच नेपाली काँग्रेसका साभापति तथा विपक्षी दलका नेता शेरबहादुर देउवाले नेपालीहरू राष्ट्रिय एकताका लागि जहाँ रहे पनि एक हुन्छन् भन्ने देखाएको बताउनुभएको छ ।

कानुन न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले संसदमा पेश गर्नुभएकाे नेपालको संविधान (दोस्रो संसोधन) विधेयक २०७७ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव माथिको छलफलमा बोल्ने क्रममा उहाँले यस्ताे बताउनुभएको हो ।

उहाँले सुगौली सन्धिलगायतका दस्तावेजमा कालापानी क्षेत्र नेपालको भएको स्पष्ट पारेको बताउनुभयो । गोरखापत्र अनलाईनबाट

Facebook Comments