Fri. May 17th, 2024

इलाम उपनिर्वाचन अपडेट : नेम्वाङ २२ हजार ४ सय ९० मतका साथ अग्र स्थानमा

भिओके समाचार/इलाम,२०८१ वैशाख १७ गते सोमबार । प्रतिनिधिसभा सदस्यका लागि इलाम-२ मा भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै रहेको छ ।

जिल्ला निर्वाचन कार्यालय इलामले जारी गरेको पछिल्लो मतपरिणामअनुसार नेकपा एमाले का उम्मेदवार नेम्वाङले २२ हजार ४ सय ९० मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले १६ हजार २ सय ३० मत प्राप्त गर्नुभएको छ ।

स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू थेगिमले १० हजार २ सय ५१ मत प्राप्त गर्नुभएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले ३ हजार ७ सय ५० मत प्राप्त गर्नुभएको छ ।

मतगणनाको सुरुदेखिनै रास्वपाले बजार क्षेत्रमा आफ्नो पकड वलियो भएको बताए पनि मत परिणामले उ निक्कै कमजोर देखिएको छ भने नेकपा एमालेका उम्मेदवार लगभग जित नजिक पुग्नु भएको छ । नेकपा एमालेका उम्मेवादर सुहाङ नेम्वाङलाई नेकपा माओवादी केन्द्रको पनि समर्थन हुनु र केपी शर्मा ओली लगायतका उच्च नेताहरुको आशिर्वादको कारणले पनि उनको पल्ला भारी हुँदै गएको बताईन्छ । मत गणनामा कुनै चमत्कार नहुने हो भने सुहाङ नेम्वाङको जितलाई अब कुनै पनि दल वा उम्मेदवारले रोक्न नसक्ने एमालेका कार्यकर्ताहरु बताउँछन् ।

Facebook Comments