Sun. May 19th, 2024

संविधान संशाेधन संसदबाट स्वीकृत हुन्छः राजेन्द्र महतो

- प्रचण्ड भन्नुहुन्छः राजतन्त्रले गुमायो र गणतन्त्रले ऐतिहासिक जिम्मेवारी लियाे

काठमाडौं, २०७७ जेठ ३१ गते शनिबार

कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएकाे नक्सा अनुसूचीमा समावेश गर्ने विधेयक संशाेधन संसदबाट सर्वसम्मत स्वीकृत हुने जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले बताउनुभएकाे छ ।

प्रतिनिधिसभाको बैठकमा नेपालको संविधान (दोश्रो संशोधन) विधयेक, २०७७ सर्वसम्मतिले पारित गरियोस् भन्ने प्रस्तावपछि उहाँले आफ्नो धारणा राख्नुभएको हो ।
उहाँले यो सामान्य प्रस्ताव नभएको बताउँदै देशको भूमिको सवाल, नेपालको नक्सामा राख्ने सवाल सामान्य विषयवस्तु नभएको बताउँदै राष्ट्रियता, सार्वभौमिकतासँग जोडिएको स्पष्ट पार्नुभयो ।
कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएकाे नक्सा संविधानकाे अनुसूचीमा राख्ने संशाेधन प्रस्ताव सदबाट पारित गर्न आएको बताउँदै नेपाली जनताको लागि धेरै महत्वपूर्ण रहेको बताउनुभयो ।
हिमाल, पहाड र तराईका नेपाली आफ्नो भूमिप्रति संवेदनशील रहेको बताउनुभयो ।

भारतीय सीमामा मधेसी जनताले लडेकोले त्यहाँ नेपाली सेना राख्न जरुरी नरहेकाे बताउँदै जस्तो पीडा भए पनि त्यहाँका जनताले सहेर भारतीयसँग लडिरहेको उहाँले बताउनुभयो ।
लिपुलेक, लिम्पियाधुरा र कालापानी ५८ वर्षअघिदेखि नेपाली भूभाग नै भएको उहाँले स्पष्ट पार्नुभयो ।

मधेसी जनता पनि राष्ट्रवादी भएको धेरै इतिहास भएको बताउँदै उहाँले काजगमा मात्र नभएर व्यवहारिक रुपमा पनि भूभाग फिर्ता ल्याउन सरकारसँग आग्रह गर्नुभयो ।
नेपाल र भारतको सम्बन्ध सिंहदरबारले नबनाएको बताउँदै जनताले बनाएको स्पष्ट गर्नुभयो ।

अधिकार र पहिचानप्रति, समानताको लागि रिजर्भेसन भए पनि राष्ट्रियताको लागि सबै असन्तुष्टि थाँती राखेर प्रस्तावलाई सहर्ष समर्थन गरेको उहाँले बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजतन्त्रले गुमाएकाे नेपाली भूमि फिर्ता ल्याउन गणतन्त्रले ऐतिहासिक जिम्मेवारी लिएको बताउनुभएकाे छ । उहाँले प्रतिनिधिसभाबाट आज हुने निर्णय दोस्रो ऐतिहासिक चुनौती र भौगोलिक अखण्डता सुदृढ गर्ने अभियानकै कडी भएको बताउनुभयो ।

संविधानको दोस्रो संशोधनमाथि दफाबार छलफलका लागि प्रस्तुत गरिएको प्रस्ताबमाथि छलफलको क्रममा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका दाहालले राजतन्त्रले गुमाएको लिम्पियाधुरा, कालापानी र लिपुलेक फिर्ता ल्याउन लागेको बताउनुभयो ।

उहाँले राष्ट्रिय महत्व र दूरगामी महत्वको विषयमा राष्ट्रिय एकतालाई विकास गरेर आएको बताउनुहुँदै शान्ति प्रक्रिया, संविधान निर्माण , प्राकृतिक विपदको विषय र उत्पन्न समस्यामा पनि राष्ट्रिय जिम्मेवारीका साथ सहकार्य गरेर अघि बढेको बताउनुभयो ।

उहाँले ऐतिहासिक अभियानलाई सफल पार्न प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दल एक ढिक्का भएकोमा धन्यवाद प्रकट गर्नुभयो । विषयको गाम्भीर्य हेरेर राष्ट्रिय विषयमा सहमति हुनु सुखद अवसर भएको उहाँले प्रतिक्रिया दिनुभयो । उहाँले सामूहिक विवकेको प्रतिफलको परिणाम रहेकोले नागरिक समाज, राजनीतिक दल र आम जनतालाई धन्यवाद दिनुभयो ।

अध्यक्ष दाहालले मन्तव्य राख्नुअघि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले संविधानको दोस्रो संशोधन प्रस्ताव दफावार छलफलको लागि प्रस्ताव पेश गर्नुभएको थियो ।गोरखापत्र अनलाईनबाट

Facebook Comments