Thu. Sep 19th, 2024

दुर्घटना भएको सौर्य एयरको विमानमा १९ जना यात्रु रहेको जानकारी(नामावलीसहित)

भिओके समाचार/काठमाण्डू, २०८१ साउन ९ गते बुधबार । आज बिहान काठमाण्डूबाट पोखरातर्फ प्रस्थान गर्ने क्रममा दुर्घटना भएको सौर्य एयरको विमानमा १९ जना यात्रुहरु रहेको बुझिएको छ ।

सो जहाजको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार विमानमा चालक दलका सदस्यसहित १९ जना यात्रुहरु रहेका थिए । धावनमार्गमा चिप्लिएर विमान दुर्घटनामा परेको विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

विमानमा आगलागी भएको र आगलागी नियन्त्रण गर्न तीनवटै निकायका सुरक्षाकर्मी परिचालन गरिएको नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले जानकारी दिनुभयो । दुर्घटनाका बारेमा जानकारी लिन गृहमन्त्री रमेश लेखक विमानस्थल पुग्नुभएको छ ।

Facebook Comments