Tue. Sep 17th, 2024

सौर्य एयरको विमान दुर्घटनामा १८ जना यात्रुको निधन   

काठमाण्डू, २०८१ साउन ९ गते बुधबार ।  काठमाण्डूबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको छ । उक्त जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो ।

काठमाण्डूबाट पोखरातर्फ प्रस्थान गर्ने क्रममा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार दुर्घटना भएको सौर्य एयरको विमान । तस्बिरः किरणराज विष्ट/रासस

राससका अनुसार विमानमा सवार १८ जनाको शव यत्रतत्र छरिएर रहेका अवस्थामा सङ्कलन गरिएको विमानस्थल सुरक्षार्थ खटिएका वरिष्ठ प्रहरी उपरीक्षक डम्बर विकले जानकारी दिनुभयो । उहाँले सङ्कलित ती शव अहिले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लैजाने तयारी गरिएको बताउनुभयो । प्रहरी उपरीक्षक विकका अनुसार सो विमानका चालक दलका एकजना सदस्यलाई जीवितै उद्धार गरिएको छ ।

सौर्य एयरको विमान दुर्घटना :
काठमाण्डूबाट पोखरातर्फ प्रस्थान गर्ने क्रममा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बिहान दुर्घटना भएको सौर्य एयरको विमान । चालक दलका सदस्यसहित सौर्य एयरका कर्मचारी तथा प्राविधिक बोकेको विमान उड्ने क्रममा विमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटना भएको हो । तस्बिरः किरणराज विष्ट/रासस

सौर्य एयरको जहाज मर्मतका लागि कर्मचारी र प्राविधिक लिएर पोखरा जाँदै गरेको उक्त विमान दुर्घटनामा परेको हो । अहिले विमानस्थलमा आन्तरिक उडान प्रभावित भएको छ ।

Facebook Comments