Fri. Sep 20th, 2024

आजका केही मन छुने दृश्यहरु (फोटो फिचर)

सिमल ताल दुर्घटनामा बेपत्ता यात्रुको खोजीका लागि नवलपुरको नन्दपुर क्षेत्रमा खटिएको नेपाली सेनाको टोली । उक्त टोली नदीको छेउछाउ र टापुहरुमा खोजी गर्दै त्रिवेणीसम्म पुग्नेछ । तस्बिरः दयाराम आचार्य/रासस

दाङ साइकल सिटीको आयोजनामा शनिबार घोराहीमा भएको दाङ कोरा साइकल च्यलेन्ज-२०२४ मा सहभागी दाङका साइक्लिस्ट । घोराहीको शहीद गेटबाट सुरु भएको कोरा साइकल च्यालेन्ज विभिन्न धार्मिक स्थलहरुको परिक्रमापछि सोही स्थानमा आएर समापन गरिनेछ । स्वास्थ्यका लागि फाइदाजनक तथा ईन्धनको आवश्यक्ता नपर्ने साधन साइकलमा पछिल्लो पुस्तामा आकर्षण बढ्दै गएको छ । तस्बिरः कुलदीप न्यौपाने/रासस

घोराही उपमहानगरपालिका ५ धर्नामा रहेको पाण्डवेस्वर धाम धारापानीमा शुक्रबार साँझ महाआरती गरिँदै । साउन महिना सुरु भएसँगै मन्दिरमा महाआरती सुरु भएको छ । तस्बिर  : रञ्जिता अधिकारी /रासस

कास्कीको पोखरा महानगरपालिका-१६ स्थित ढिकीडाँडाबाट देखिएको पर्यटकीय राजधानी पोखरा र आसपासको हरियालीको दृश्य । तस्बिर : धनबहादुर गुरुङ/रासस

काठमाण्डू नागार्जुन नगरपालिका-६ स्थित डाँडागाउँमा रहेको ‘ह्वाइट’ गुम्बा । तस्बिर : हरिराम भेटुवाल / रासस

सर्पको टोकाइबाट गम्भीर घाइते हुनुभएका कालीकोट जिल्लाको शुभकालिका गाउँपालिका-६ का २४ वर्षीय धनप्रसाद आचार्यको हेलिकप्टरबाट शनिबार उद्धार गर्दै । शुक्रबार दिउँसो आफ्नै बारीमा घाँस काट्ने क्रममा सर्पको टोकाइबाट गम्भीर घाइते हुनुभएका आचार्यको हेलिकप्टरबाट थप उपचारका कर्णाली प्रदेश अस्पताल सुर्खेत पु¥याइएको हो । तस्बिरः मिमबहादुर रावल/रासस

Facebook Comments