Fri. Sep 20th, 2024

बस र तेल बोकेको ट्याङ्कर ठोक्किँदा १५ जना घाइते   

नारायणगढ, २०८१ साउन ५ गते शनिबार । चितवनको नारायणगढ-मुग्लिङ सडकअन्तर्गत पर्ने भतेरीमा बस र तेल बोकेको ट्याङ्कर ठोक्किँदा १५ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालकानुसार आज दिउँसो भरतपुर महानगरपालिका-२९ मा पर्ने भतेरीमा नारायणघाटबाट पोखरा जाँदै गरेको ग २ ख १४०१  नं.  को बस सोही दिशाबाट जाँदै गरेको ना ७ ख ५४९१ नंको पेट्रोल बोकेको ट्याङ्करको पछाडि ठोक्किँदा बसमा सवार १५ यात्री घाइते भएका हुन् ।

घाइतेलाई उपचारका लागि चितवनको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा लगिएको प्रवक्ता रिजालले बताउनुभयो । घाइतेमध्ये एकजना गम्भीर र अन्यको अवस्था मध्यम रहेको छ ।

Facebook Comments