Thu. May 2nd, 2024

राजाको तस्वीर भएको नोट नचलाउन निर्देशन

काठमाडौं, २०७७ जेठ ११ गते आईतबार

अब राजाको तस्वीर भएको नोट चलनचल्तीबाट हट्ने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई राजाको तस्वीर भएको नोट चलन चल्तीमा नल्याउन आइतबार निर्देशन दिएको हो ।

ती नोटहरु सर्वसाधारणले बैंकमा बुझाउन भने सक्नेछन् । बैंकमा आएका त्यस्ता नोटहरु बैंकले राष्ट्र बैंकमा बुझाउनु पर्नेछ । राष्ट्र बैंकमा बुझाउन अप्ठेरो पर्ने बैंक तथा वित्तीय संस्थाहरुले नजिकै नोट कोष रहेको जुनसुकै बैंकमा गएर ती नोटहरु बुझाउन सकिने राष्ट्र बैंकले जनाएको छ ।

सफा नोट नीति कार्यान्यन गराउन भदै राष्ट्र बैंकले यो निर्देशन जारी गरेको हो । निर्देशन अनुसार अब बैंकले नोटहरुलाई तीन भागमा वर्गीकरण गर्नु पर्नेछ ।

बैंक तथा वित्तीय संस्थाहरुले अब एटीएम लगायतका मेसिनहरुबाट चलनचल्तीमा पठाउन योग्य, काउन्टरबाट भुक्तानी गरी चलनचल्तीमापठाउन योग्य र चलनचल्तीमा पठाउन अयोग्य गरी तीन किसिमले वर्गीकरण गर्नु पर्नेछ ।

 

राष्ट्र बैंकले वर्गीकरण गरी एटीएम मेसिन लगायतमा पठाउन सकिनेलाई हरियो रङको स्लीप, काउन्टरबाट भुक्तानी गर्न सकिने नोटको प्याकेटमा सेतो र चलनचल्तीका लागि अयोग्य हुने नोटको प्याकेटमा रातो रङ्गको स्लीप लगाउनु पर्ने बताएको छ ।

नोटको प्याकेटमा अब बैंकको नाम, बैंकको कर्मचारीको नाम र परिचय पत्र, हस्ताक्षर र मिति सम्बन्धी विवरण अनिवार्य हुनु पर्ने राष्ट्र बैंकले भनेको छ ।

झुत्रिएको, मक्किएको, जलेको, गलेको, लुलो भएको, किराले खाएको, पानीले भिजेको, छपाई विग्रेको, नोटमा रहेका अक्षर, अंक, चित्र तथा सुरक्षण विशेषताहरु नबुझिने वा बिग्रिने गरी रङ्ग लागेको, च्यातिएको वा पूर्व राजाको तस्वीर अंकित भएको नोटलाई निश्काशन अयोग्य नोटको रुपमा वर्गीकरण गर्न राष्ट्र बैंकले भनेको छ । अनलाईन खवरबाट

Facebook Comments