Fri. May 17th, 2024

शान्तिपूर्ण सह-अस्तित्वको बाटो नै चीन र अमेरिकाको लागि उत्तम: वाङ यी

काठमाडौं, २०७७ जेठ ११ गते आईतबार

चीनका विदेश मन्त्री वाङ यीले शान्तिपूर्ण सह-अस्तित्वको बाटो नै चीन र अमेरिकाको लागि उत्तम भएको बताउनु भएको छ ।

परराष्ट्र मन्त्री वाङ यीले राजधानी पैचिंगमा आईतबार आयोजित पत्रकार सम्मेलनमा सो विचार व्यक्त गर्नुभएको हो ।  “चीन-अमेरिका सम्बन्धलाई कथित ‘शित युद्ध’ मा परिणत गराउनु नै इतिहासको गाडीलाई उल्टो गुडाउने कार्य हो। चीन तथा अमेरिका दुवै पक्षले वर्तमान अवस्थामा फरक सामाजिक अवस्था तथा सांस्कृतिक पृष्ठभूमिमा शान्तिपूर्ण सह-अस्तित्व तथा हितयुक्त साझा बिजयी प्राप्त बाटोलाई पत्ता लगाउनुपर्छ।” विदेश मन्त्री वाङ यीले भन्नु भयो ।

चिनिया अन्तर्राष्ट्रिय रेडियो CRI का अनुसार  सो पत्रकार सम्मेलनमा चीन-अमेरिका सम्बन्ध चर्कँदै जाने चिन्ता छ कि भन्ने प्रश्नको जवाफमा दिँदै परराष्ट्र मन्त्री वाङ यीले भन्नुभयो :”कोभिड-१९ महामारी नै चीन तथा अमेरिकाको साझा शत्रु हो तर महामारी फैलिरहेको घडीमा एक किसिमको राजनीतिक भाइरस पनि अमेरिकामा विस्तार भइरहेको छ र यो नै हो सबै मौका पारेर चीनमाथि हिलो छ्याप्ने काम।”

चीन तथा अमेरिकासँग विश्वको शान्ति तथा विकास सम्बन्धी ठूलो जिम्मेवारी रहेकाले मानवजातिको जिम्मेवारी पनि लिनुपर्छ र इतिहास तथा जनताप्रति जिम्मेवारी लिएर आपसी सम्बन्धमा ध्यान दिँदै उचित व्यवहार गर्नुपर्छ। अमेरिकालाई परिवर्तन गर्ने इच्छा चीनसँग छैन र अमेरिकाको सट्टामा आउने विचार पनि चीनसँग छैन भने अमेरिकाले एकपक्षीय रूपमा चीनको परिवर्तन गर्न सक्दैन। साथै १ अर्ब ४० करोड चिनियाँहरू आधुनिकीकरण दिशातिर जाने ऐतिहासिक प्रक्रियालाई बन्द गर्न कसैले सक्दैन। मन्त्री वाङ यीले भन्नु भयो ।

Facebook Comments