Tue. May 14th, 2024

चीनको सर्वोच्च संस्थाको वार्षिक सम्मेलन सुरु

पैचिंग, चीन, २०७७ जेठ ७ गते बुधबार

चीनको सर्वोच्च विधायिकी अंग चिनियाँ राष्ट्रिय जन काँग्रेसको तेह्रौं समितिको तेस्रो बार्षिक अधिवेशन मे २२ तारिख शुक्रबार बिहान चीनको राजधानी पैचिंगमा सुरु भएको छ ।

सो समारोहमा चीनका राष्ट्राध्यक्ष सी चिन फिङ लगायत सरकार तथा पार्टीका नेताहरू सहभागी हुनुभएको छ। यस अधिवेशनमा जम्मा २८९७ जना प्रतिनिधिहरू सहभागी भएका छन्।

 

चिनिया अन्तर्राष्ट्रिय रेडियो CRI का अनुसार कोभिड १९ महामारीको कारण २२ बर्ष यता चीनको सर्वोच्च संस्थाको नियमित बार्षिक सम्मेलन पहिलो पटक मे महिनामा आयोजित भएको हो। उद्घाटन समारोहमा सहभागीहरूले सवर्प्रथम महामारी रोकथामको काममा मृत्युभएका सैनिक तथा जनताको सम्झनामा मौनधारण गरेका थिए ।

चीनका प्रधानमन्त्री लि ख छ्याङले सो सम्मेलनमा गत वर्षको सरकारी कार्य रिपोर्ट प्रस्तुत गर्दै यस वर्षको कामबारे सुझाव प्रस्तुत गर्नुभएको छ। सम्मेलनमा यी सुझावहरूबारे छलफल गरिने छ।

फोटो :सिन्ह्वा

Facebook Comments