Mon. May 20th, 2024

चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलन के हो ?

काठमाडौं, २०७७ जेठ ७ गते बुधबार

चीनको सर्वोच्च संस्थाका रुपमा रहेको चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको तेह्रौं समितिको तेस्रो अधिवेशन मे २१ तारिख बिहीबार पैचिङमा शुरू भएको छ। तर धेरैलाई यस संस्थाको बारेमा जानकारी नहुन पनि सक्छ । त्यसै यहाँ हामी चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनको के हो भन्ने विषयमा चर्चा गर्दैछौं ।

चिनियाँ जन-राजनीतिक परामर्शदात्री सम्मेलन

चिनियाँ जन-राजनीतिक परामर्शदात्री सम्मेलन चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेका अन्य धेरै पार्टी बीच आपसी सहयोग र राजनीतिक परामर्श उपलब्ध गराउने महत्वपूर्ण संस्था हो । यो नै चीनको राजनीतिक जीवनमा समाजवादी प्रजातन्त्रको विकास गर्ने एउटा महत्वपूर्ण प्रणाली पनि हो ।

चिनियाँ जन-राजनीतिक परामर्शदात्री सम्मेलन नयाँ चीन स्थापना हुनु अघि चिनियाँ कम्युनिष्ट पार्टी र अन्य विभिन्न प्रजातान्त्रिक पार्टीहरु, स्वतन्त्र व्यक्तित्वहरु र विभिन्न जन संगठनहरुले संयुक्त रुपमा स्थापना गरेका हुन् । स्थापना पछि सन् १९४९ को सेप्टेम्बरमा चिनियाँ जन-राजनीतिक परामर्शदात्री सम्मेलनको पहिलो पूर्ण बैठक पैचिंगमा आयोजना गरिएको थियो । सोही बैठकले जनगणतन्त्र चीन स्थापनाको घोषणा गरेको थियो साथै माओ च तुंग अध्यक्ष रहनु भएको केन्द्रीय जनसरकार र राजनीतिक परामर्शदात्री सम्मेलनको पहिलो राष्ट्रिय समिति पनि निर्वाचित गरेको थियो । चीनको राजधानी, राष्ट्रिय झण्डा, राष्ट्रिय धून र इस्वी संवतको प्रयोग सम्बन्धी निर्णय समेत सोही बैठकले गरेको थियो ।

सन् १९५४ मा चीनको सर्वोच्च राष्ट्रिय आधिकारीक अंग अर्थात राष्ट्रिय जनकांग्रेसको स्थापना भएपछि राजनीतिक परामर्शदात्री सम्मेलनमा नीहित सर्वोच्च राष्ट्रिय आधिकारीक अंगको कार्यकारी अधिकार पनि राष्ट्रिय जनकांग्रेसमा निहित हुन पुग्यो । सर्वोच्च कार्यकारी अधिकार विना पनि यो परामर्शदात्री सम्मेलन देशभक्त एकीकृत मोर्चाको रुपमा भने रहिरहेको छ ।

चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनमा राष्ट्रिय सम्मेलनका साथै अन्य विभिन्न स्थानीय समितिहरु समेत रहेका छन् । प्रत्येक समितिको कार्यावधि ५ बर्षको हुन्छ साथै बर्षमा १ पटक पूर्ण बैठकको आयोजना गरिन्छ ।

राजनीतिक परामर्शदात्री सम्मेलनको मुख्य कार्य नै राजनीतिक परामर्श, जनतान्त्रिक अनुगमन र सरकारी कार्य एवम् राजनीतिमा सहभागी भई छलफल गर्नु हो । ति मध्ये प्रस्ताव प्रस्तुत गर्नु नै राजनीतिक परामर्शदात्री सम्मेलनका सदस्यहरुले सरकारी कार्य एवम् राजनीतिमा सहभागी भई छलफल गर्ने सबै भन्दा प्रत्यक्ष, ठोस र प्रभावकारी तरिका हो । यहाँ विशेष रुपले स्पष्ट पार्नुपर्ने कुरा के हो भने चिनियाँ जन-राजनीतिक परामर्शदात्री सम्मेलन र विदेशका सिनेट वा माथिल्लो सभा बीच निक्कै फरक छ । चीनको जन-राजनीतिक परामर्शदात्री सम्मेलन चिनियाँ कम्युनिष्ट पार्टी र विभिन्न प्रजातान्त्रिक पार्टी अनि निर्दलीय व्यक्तिहरुबीच आपसी सहयोगको आदान प्रदान, राजनीतिक परामर्श र पारस्परिक अनुगमन गर्ने राजनीतिक संस्था हो । चीनमा लागू रहेको समाजवादी प्रजातन्त्र र पश्चिमी जगतको संसदीय प्रजातन्त्र बीचको मुख्य भिन्नता यो नै हो ।

नोट : चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको बार्षिक बैठक/अधिवेशन प्रत्येक बर्षको मार्च महिनाको ३ तारिखमा सुरु हुने गर्दछ । तर विश्वब्यापी रुपमा फैलिएको कोरोना भइरसको महामारीको कारण यस वर्ष भने यो सम्मेलन झण्डै तीन महिनापछि सुरु भएको छ ।

Facebook Comments