Sun. Sep 29th, 2024

चिनियाँ उच्च शैक्षिक प्रदर्शनी चीनमा अध्ययन गर्न चाहनेहरुका लागि महत्वपूर्ण अवसर डा. हरिश्चन्द्र शाह

- काठमाण्डूमा चिनियाँ शैक्षिक प्रदर्शनी हुने

रमेश हुतुवाली/काठमाण्डू, २०८१ असार २ गते आईतबार । नेपाली विद्यार्थी र तिनका अभिभावकहरुलाई लक्षित गर्दै चीनमा उच्च शिक्षा अध्ययन गर्न जानेहरुका लागि काठमाण्डूमा चिनियाँ उच्च शिक्षा सम्बन्धी शैक्षिक प्रदर्शनीको आयोजना हुने भएको छ ।

चीनको छात्रवृत्ति परिषद् र नेपालस्थित चिनियाँ राजदूतावासको आयोजना तथा नेपाल-चीन साँस्कृतिक तथा शैक्षिक परिषद्को समन्वयमा काठमाण्डू बौद्धस्थित होटल हायातमा यही असार ४ गते मंगलबार एक दिने उक्त शैक्षिक प्रदर्शनीको आयोजना गरिने भएको हो ।

नेपाल-चीन साँस्कृतिक तथा शैक्षिक परिषद्का अध्यक्ष डा. हरिश्चन्द्र शाहले उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत छन् सोङले संयुक्त रूपमा मंगलबार बिहान ९ः३० बजे सो प्रदर्शनीको उद्घाटन गर्नुहुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

 निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको सो शैक्षिक प्रदर्शनीमा सहभागी भइ आफ्ना छोराछोरीहरूको उच्च शिक्षाका बारेमा आवश्यक परामर्श लिन अभिभावकहरुलाई पनि डा. शाहले अनुरोध गर्नुभएको छ ।

डा. शाहको मन्तब्यको पूर्ण बिवरण

नेपाल र चीनबीच ऐतिहासिककालदेखि नै प्रगाढ सम्बन्ध रहँदै आएको छ । चीनका महान भिक्षु महामञ्जुश्री, फा स्यान र स्वान चाङको काठमाण्डू र लुम्बिनीको धार्मिक तथा सांस्कृतिक भ्रमण, नेपाली राजकुमारी भृकुटी र कलाकार अरनिकोको चीनको राजधानी पैचिङ लगायतका विभिन्न क्षेत्रहरूको भ्रमण र तत्कालिन तिब्बती राजकुमारसँग राजकुमारी भृकुटीको वैवाहिक सम्बन्धले जोडिएको हामी दुई देशबीचको सम्बन्ध दिनानुदिन अझ बलियो, सुमधुर र घनिष्ठ हुँदै गएको छ ।

सन् १९५५ अगस्त १ का दिनदुई मुलुकबीच कुटनीतिक सम्बन्ध स्थापना भएपछि हामीबीचको परम्परागत सम्बन्ध आधुनिक सम्बन्धमा रूपान्तरण भएको छ । कुटनीतिक सम्बन्ध स्थापना भएको झण्डै सात दशकको अवधिमा दुबै देशका उच्च नेताहरूको एकअर्का देशमा नियमितरूपमा भइरहेको भ्रमणले आपसीहितका विविध विषयहरूलाई उजागर गर्दै सहयोगका क्षेत्रहरूअझ व्यापक बनाउने कार्य हुँदै आएको छ । सन् १९७९ मा चीनका वरिष्ठ नेता तङ स्याओफिङको नेतृत्वमा चीनको ढोका विश्वकालागि खुलेपछि खुलापनको ४५ वर्षको अवधिमा चीनले चौतर्फी रूपमा हासिल गरेका उपलब्धिहरूलाई एक असल छिमेकीको नाताले नेपालले नजिकबाट नियालि रहेको छ भने पछिल्ला दिनहरूमा नेपाल र चीनबीचको सम्बन्धलाई जनस्तरसम्म अभिवृद्धि गर्न विभिन्न प्रयासहरू भइरहेका छन् । नेपालको भौतिक पूर्वाधार विकासमा महŒवपूर्ण सहयोग गर्दै आएको चीनले नेपालको शैक्षिक तथा प्राविधिक क्षेत्रको विकासमा पनि अहं भूमिका निर्वाह गर्दै आएको छ । विश्वको दोश्रो ठूलो अर्थतन्त्र र उदाउँदो आर्थिक महाशक्तिको हैसियतले पनि पछिल्लो समयमा चीनलाई बुझ्न खोज्ने र चीनमा विभिन्न विषयमा प्राविधिक शिक्षा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरूको संख्या पनि बढिरहेको छ ।

त्यसैगरी विशिष्ठ नेपाली संस्कृतिको अध्ययन र नेपालकाविश्व प्रशिद्ध पर्यटकीय क्षेत्रको भ्रमणमा आउने चिनियाँहरूको संख्या पनि दिनानुदिन बढिरहेको छ । यसरी हेर्दा यी दुवै मुलुकहरूबीच विगत केहीवर्षदेखि जनस्तरको सम्बन्ध अझ हराभरा र विकसित हुँदै आएको पाइन्छ । दशकौंदेखि चीनलाई नेपालीमाझ चिनाउने र नेपाललाई चिनियाँहरूमाझ परिचित गराउने उद्देश्यले समय समयमा एक अर्का देशमा सांस्कृतिक तथा शैक्षिक प्रदर्शनीहरू हुँदै आएका छन् भने यस्ता प्रदर्शनीहरूमा सर्वसाधारणले गहिरो रुची राख्ने गरेका छन् ।

नेपाल-चीन सांस्कृतिक तथा शैक्षिक परिषद् जनवादी गणतन्त्र चीनबाट विभिन्न विषयमा स्नातक गरेका नेपाली विद्वान र पेशाकर्मीहरूको मैत्री संस्था हो ।

चीन छात्रवृत्ति परिषद्, जनवादी गणतन्त्र चीनको शिक्षा मन्त्रालय, नेपालस्थित चिनियाँ राजदूतावासको सहयोगमा नेपाल-चीन सांस्कृतिक तथा शैक्षिक परिषद्ले डेढ दशक भन्दा लामो समयदेखि चिनियाँ शैक्षिक मेला सफलतापूर्वक आयोजना गर्दै आएको छ । पहिलो चिनियाँ शैक्षिक प्रदर्शनी सन् २००३ मा आयोजना गरिएपछि प्रत्येक वर्ष प्रदर्शनीमा सहभागीहुनेहरूको संख्या बढ्दै गइरहेको छ भने चीनमाअध्ययन गर्न जाने नेपाली विद्यार्थीहरूको संख्या पनि बढिरहेको छ । चीनमा अध्ययनगरी फर्किएका दक्ष तथा उच्चस्तरीय जनशक्तिले विभिन्न क्षेत्रमा काम गर्दै राष्ट्र निर्माणमा ठूलो योगदान पु¥याइरहेका छन् । पछिल्लो जानकारी अनुसार चीनमा १६० वटा देशका ५ लाख विद्यार्थीहरू विभिन्न विषयमा अध्ययनरत छन् । प्रत्येक वर्ष चीन सरकारले नेपाल सरकारलाई विभिन्न विषयमा २०० वटा भन्दा बढी छात्रवृत्ति प्रदानगर्दै आएको छ । पछिल्ला दिनमा सरकारी छात्रवृत्ति विद्यार्थी बाहेक सेल्फ फाइनान्सका विद्यार्थीको संख्या दिन प्रति दिन बढ्दै गएको छ । यसैलाई मध्यनजर गर्दै हरेक वर्ष यस्तो प्रदर्शनीआयोजना गर्दै आएको छ । यस किसिमको शैक्षिक प्रदर्शनीबाट नेपाली विद्यार्थीले चिनियाँ शिक्षाको बारेमा मात्रै नभई आगामी दिनमा हाम्रो मैत्रीपूर्ण सम्बन्ध थप मजबुत हुने विश्वास लिएका छौं ।

यसै सन्दर्भमा असल छिमेकी चीन र त्यहाँको उच्चस्तरको शैक्षिक अवस्थाबारे नेपाली विद्यार्थी र उनीहरूका अभिभावकहरूलाई जानकारी गराउने उद्देश्यले नेपालस्थित चिनियाँ राजदूतावाससँगको सहकार्यमा नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद्ले काठमाण्डूको बौद्धस्थित होटल हायातमा यहि २०८१ सालअसार ४ गते मंगलबार एक दिने चिनियाँ उच्च शैक्षिक प्रदर्शनीको आयोजना गर्दैछ । यस शैक्षिक प्रदर्शनीमा इन्जिनियरिङ, चिकित्साशास्त्र, भाषा, संस्कृति, वाणिज्य, विज्ञान तथा प्रविधि, उड्डयन, खेलकुद, कृषि, औषधि जस्ता विषय अध्यापन गराउने सामान्य तथा विश्व प्रसिद्ध ३१ वटा चिनियाँ विश्वविद्यालय तथा कलेजहरूले भाग लिने छन् ।

यस शैक्षिक प्रदर्शनीमा चीनका विभिन्न शहरहरूमा रहेका चीन र विश्वमै अब्बल ठहरिएका ३१ वटै विश्वविद्यालयका स्टलहरू रहनेछन् । तीप्रत्येक स्टलहरूमा नेपालीविद्यार्थी र तिनका अभिभावकहरूलाई विस्तृत रूपमा चीनमा अध्ययन गर्दा हुने फाइदा, विश्वविद्यालयले उपलब्ध गराउने छात्रवृत्तिलगायतका विभिन्न विषयहरूमा विज्ञहरूले जानकारी दिनुहुनेछ ।

असार ४ गते मंगलबार बिहान ९ः३० बजे माननीय उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि महामहिम चिनियाँ राजदूत छन् सोङले संयुक्त रूपमा उद्घाटन गर्नुहुने सो समारोहमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरू, नेपालस्थित चिनियाँ राजदूतावासका उच्च अधिकारीहरू, शिक्षाविद्, विभिन्न विश्वविद्यालयका उच्च अधिकारीहरू लगायतको उपस्थिति रहने छ ।

निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको सो शैक्षिक प्रदर्शनीमा सहभागी भइ आफ्ना छोराछोरीहरूको उच्च शिक्षाका बारेमा आवश्यक परामर्श लिन हामी अभिभावकहरूसँग अनुरोध गर्दर्छौ । साथै विद्यार्थी स्वयं सो प्रदर्शनीमा सहभागी भइ आवश्यक जानकारी लिउन भन्ने हाम्रो उद्देश्य हो । सो शैक्षिक प्रदर्शनी भव्य रूपमा सम्पन्न गर्न यहाँ उपस्थित हुनु भएका विभिन्न सञ्चार माध्यमका साथीहरूले सक्दो प्रचार प्रसार गरी सहयोग गरिदिनहुन हार्दिक अनुरोध गर्दछौं । धन्यवाद ।

Press Meet Nepali Final

Facebook Comments