Sun. May 12th, 2024

शेयर बजार आज ५८.५८ अंकले वृद्धि

भिओके समाचार/काठमाण्डू, २०८० फागुन २९ गते मंगलबार । नयाँ राजनीतिक गठबन्धनको सरकार बनेपछि बढ्न थालेको शेयर बजार आज पनि उच्च अंक बढेर बन्द भएको छ । आज शेयर बजार मापक नेप्से सूचक आज ५८.५८ अंक बढेर २१११.२४ विन्दुमा पुगेको छ ।

आज कारोबार रकम पनि वृद्धि भई ४ अर्ब ५५ करोड १६ लाख ३२ हजार रुपियाँको शेयर किनबेच भएको छ । आज १३ वटै उपसमूहको सूचक बढेको छ । जसमा जीवन बीमा सर्वाधिक ५.४४ प्रतिशत, माइक्रो फाइनान्स ५.०५ प्रतिशत, होटल तथा पर्यटन सर्वाधिक ३.ं९३ प्रतिशत, बैंकिङ ३.१० प्रतिशत, विकास बैंक २.१७ प्रतिशतले वृद्धि भएका छन् ।

आज जनउत्थान सामुदायिक लघुवित्त, उन्नति सहकार्य लघुवित्त, वीन नेपाल लघुवित्त, स्वाभिमान लघुवित्त, र जाल्पा लघुवित्तको शेयर सकारारत्मक सर्किट लेभलमा कारोबार भएको छ । सर्वाधिक शेयर कारोबार हुने कम्पनीमा शिवम् सिमेन्ट्स, सोना मिनिरल्स, सन नेपाल लघुवित्त, हिमालयन रिइन्स्योरेन्स र माउन्टेन इनर्जी रहेका छन् ।

Facebook Comments