Sun. May 19th, 2024

इलाम र बझाङमा जनमत पार्टीले उम्मेदवारी दिने

काठमाण्डू, २०८० फागुन २९ गते मंगलबार । जनमत पार्टीले इलामको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ तथा बझाङको प्रदेशसभा क्षेत्र नं १ (१) मा हुन गइरहेको निर्वाचनमा उम्मेदवारी दिने भएको छ ।

सो पार्टीका राष्ट्रिय प्रवक्ता डा शरद्सिंह यादवले सो पार्टीको केन्द्रीय सचिवालयको हालैको बैठकका निर्णयहरु सार्वजनिक गर्दै सो जानकारी दिनुभएको हो । साथै सो पार्टीले इलाम र बझाङमा हुन लागेको निर्वाचनमा उम्मेदवारी दिनाका साथै नयाँ बनेको सत्ता गठबन्धनमा तत्कालै सहभागी नहुने र सप्तरीमा २०८० साल माघ ८ गते भएको घटनाको छानबिन गर्न बनेको समितिले दिएको प्रतिवेदनउपर छलफल गरी निर्देशित प्रक्रिया अगाडि बढाउने निर्णय गरेको जानकारी पनि उहाँले दिनुभयो ।

यसैबीच जनमत पार्टी वर्तमान सरकारमा सहभागी नहुने भएको छ । यही फागुन २३ गते भएको पार्टी बैठकले तत्काल सरकारमा नजाने निर्णय गरेको सो पार्टीले आज विज्ञप्ति निकालेर जनाएको हो । पार्टीले नयाँ गठबन्धनमा नजाने र सरकारलाई पनि समर्थन नगर्ने निर्णय गरेको हो । इलामको प्रतिनिधिसभामा निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ (१) मा जनमतले उम्मेदवारी दिने निर्णय गरेको छ ।

यसैगरी, सप्तरीमा गत माघ ८ गते भएको घटनाको छानबिन गर्न बनेको समितिले दिएको प्रतिवेदनउपर छलफल गरी निर्देशित प्रक्रिया अघि बढाउने निर्णय भएको विज्ञप्तिमा जनाइएको छ ।  रासस

Facebook Comments