Tue. May 21st, 2024

अमेरिकामा कोरोना भाइरसको संक्रमण चरम उत्कर्षमा पुगिसकेको राष्ट्रपति ट्रम्पको भनाई

काठमाडौं, २०७७ बैशाक ४ गते बिहीबार

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रंपले अमेरिकामा कोरोना भाइरसको संक्रमण चरम उत्कर्षमा पुगिसकेकोे बताउनु भएको छ ।

राष्ट्रपति कार्यालय ह्वाइटहाउसबाट दैनिक ब्रिफिङका क्रममा उहाँले लामो समयदेखि बन्द रहेको अमेरिका चाँडै खुल्ने बताउनु भयो । उहाँले भन्नुभयो “अमेरिकाका केही राज्यहरु चाँडै खुल्छन् भने मे १ तारिखसम्ममा सबै खुलीसक्नेछन् ।”

विविसीका अनुसार विभिन्न राज्यका गभर्नरहरुसँगको छलफलपछि राष्ट्रपति ट्रम्पले सो जानकारी दिनुभएको हो ।

अमेरिकामा अहिलेसम्म ६ लाख ४४ हजार ८९ जनामा कोरोना भाइरस संक्रमण भइसकेको छ भने २८ हजार ५ सय २९ जनाको मृत्यु भैसकेको छ ।

‘यो तथ्यांकले देशब्यापी रुपमा हामी उत्कर्षमा पुगेको संकेत दिन्छ’ ट्रम्पले भन्नु भएको छ ।

ट्रम्पले ३३ लाख जनाको कोरोना भाइरस संक्रमण परीक्षण गरिसकिएको जानकारी गराउनु भएको छ ।

Facebook Comments